बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु
मङ्गलबार, ०४ कात्तिक २०७७, १० : ०९
बुटवल – बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।
आज बिहान एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
बुटवल उपमहानगरपालिका वडा नंं. ११ की ४१ वर्षीया महिलाको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेकामा बिहान मृत्यु भएको हो ।ती महिला मधुमेहको दीर्घरोगी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण