के डिजिटल डेब्यूका लागि २० करोड पारिश्रमिक लिइरहेका छन् कपिल शर्मा ?
हास्यकलाकार कपिल शर्मा टिभी इन्डष्ट्रिका चर्चित हस्ती हुन् । उनले टेलिभिजनमा त आफ्नो क्षमता पुष्टि गरिसकेका छन्, त्यस्तै बलिउड सेलिब्रिटी बीच पनि उनी निकै चर्चित छन् । कपिल वेब सिरिजमार्फत् चाँडै नै डिजिटल डेब्यू गर्ने तयारीमा छन् । तर रोचक कुरा के छ भने यो डेब्यूका लागि उनी २० करोड भारु पारिश्रमिक लिँदैछन् ।
हालै द कपिल शर्मा शोको एक एपिसोडमा कृष्णा अभिषेकले यो कुराको खुलासा गरेका हुन् । कृष्णाले मस्ती गर्दै कपिल शर्मा ओटीटी प्लेटफर्ममा आफ्नो डिजिटल डेब्यूका लागि २० करोड भारु दिने भएका छन् । यद्यपि, कृष्णाले यो कुरा मजाकमा मात्रै भनेका थिए तर यति ठूलो रकमको कुराले मानिसहरुको कान भने ठाडो भएको छ ।
कार्यक्रमको विषयमा सुरु भयो विवादः
द कपिल शर्मा शोमा महाभारतको सेलिब्रिटीको विषयमा चर्चा भएको थियो । वास्तवमा, कार्यक्रममा महाभारत सिरियलको कास्ट नितिश भारद्वाज, गजेन्द्र चौहान, पुनित इस्सर आदि पुगेका थिए । मुकेशले कार्यक्रमलाई वाहियत भएको बताउँदै जान अस्विकार गरेका थिए ।
उनको यो बयानपछि कलाकारबीच बहसबाजी सुरु भएको थियो । गजेन्द्र र मुकेशबीच कार्यक्रमको बीचमा वाक्युद्ध सुरु भएको थियो । नितिश भारद्वाजले पनि यसमा आफ्नो पक्ष राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण