‘पानी बादलु’मा सरोज, आश्मा र एलिसा
मङ्गलबार, ०४ कात्तिक २०७७, २० : ५९
काठमाडौं । पिरिम नलाउने, गलबन्दी–पछ्यैरीलगायत हिट गीतका गायक आशिष सचिनको नयाँ गीत ‘पानी बादलु’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित सार्वजनिक गीतमा आशिषलाई स्वरमा रेश्मा पुनले साथ दिएकी छन् ।
गीतमा शब्द तथा संगीत दीपक शर्माको रहेको छ । डान्सिङ शैलीको गीतको भिडियो पनि सोही अनुसार तयार गरिएको छ । जसमा गायक सचिनको अलवा एलिसा शर्मा, सरोज अधिकारी र आश्मा विश्वकर्माले कम्बर मर्काएका छन् । भिडियोमा पवन खतिवडा ‘म्याकुरी’ र खड्गबहादुर पुन ‘खबपु’ पनि देखिएका छन् ।
गम्भिर विष्टको निर्देशन तथा करियोग्राफी रहेको भिडियामा अर्जुन तिवारीको छायाँकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । बजारमा आएको भन्दा केही नयाँ शैलीमा तयार गीत दर्शक श्रोताले मनपराउने बिश्वास रहेको गायक सचिनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
-
धौलागिरि प्रादेशिक अस्पतालमा डायलिसिस गर्न पालो कुर्नु नपर्ने
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण