लण्डनमा शाहरुख र काजोलको मूर्ति राखिने
बिहीबार, ०६ कात्तिक २०७७, १० : २६
काठमाडौं । अभिनेता शाहरुख खान र अभिनेत्री काजोलको मूर्ति लण्डनको लेस्टर स्क्वायरमा राखिने भएको छ । फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिजको २५ वर्ष पूरा भएको अवसरमा उक्त मूर्ति राख्न लागिएको हो ।
२० अक्टोबर १९९५ मा रिलिज भएको फिल्मले २५ वर्ष पुरा गरेको छ । दर्शकले निकै मनपराएको फिल्म आज पनि धेरै हेरिने गरिन्छ । मूर्ति भने अर्को वर्ष अर्थात् २०२१ मा अनावरण हुनेछ । मूर्ति फिल्म भित्रको एक दृश्यको क्रियट गरिनेछ ।
आदित्य चोपडा निर्देशित फिल्ममा शाहरुखले राज र काजोलले सिमरनको भूमिका निर्वाह गरेका थिए । शाहरुख र कोजोलको अलवा फिल्ममा अनुपम खेर, अमरिश पुरी, फरिदा जलला, सतिस शाह, मन्दिरा बेदी, परमिट सेठी र अचला सचदेवको मुख्य भुमिका रहेको थियो ।
सो समयमा चलचित्रले १०२.५ करोड भारुको आम्दानी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
-
शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण