२० वर्ष पुगिन् ‘दंगल’ गर्ल जायरा : धर्मका लागि छाडेकी थिइन् अभिनय
मुम्बई । जायरा वसीम २० बर्ष लागेकी छन् । उनको जन्म २३ अक्टुबर, २००० मा भएको थियो । कलिलै उमेरमा बलिउड करियर सुरु गरेकी जायराको डेब्यु फिल्म आमिर खान अभिनित ‘दंगल’ हो । फिल्ममा उनले पहलमान गीत फोगाटको बाल्यकालको भूमिका निर्वाह गरेकी थिइन् । फिल्म सुपरहिट सावित भयो ।
उनको ‘दंगल’ अभिनय समेत धेरैले रुचाए । ‘दंगल’कै कारणले उनले राष्ट्रिय पुरस्कार समेत हात पारिन् । त्यसपछि उनले आमिरकै साथ ‘सीक्रेट सुपरस्टार’ मा काम गरिन् । यो फिल्म पनि हिट भयो ।
फिल्ममा उनले एक मुस्लिम केटीको भुमिका निर्वाह गरेकी थिइन् । यो फिल्मबाट उनको हातमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत पर्यो ।
त्यसपछि उनी अभिनेत्री प्रियंका चोपडासँग फिल्म ‘द स्काई इज पिंक’मा देखिएकी थिइन् । फिल्मको सुटिङ पुरा भएपछि उनले फिल्म उद्योग छोड्ने घोषणा समेत गरिन् ।
फिल्म उद्योग छोड्ने घोषणाको बिषयमा उनले आफू सन्तुष्ट नरहेको लेखेकी थिइन् । उनले अभिनेत्री भएको कारणले आफू इस्लामबाट टाढा हँुदै गएको समेत उल्लेख गरेकी थिइन् । यहि कारणले उनले फिल्म उद्योग पनि छोडिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
-
शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण