धनुषामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु
शनिबार, ०८ कात्तिक २०७७, ११ : ४१
जनकपुर – धनुषामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बस्ने ६५ वर्षीया महिलाको कोरोना संक्रमीत भएर मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक बिजयकुमार झाले जानकारी दिए ।
ती महिलालाई एकाएक ज्वरो लागेको र श्वास प्रश्वासमा कठिनाइ भएपछि शुक्रबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो ।
भर्ना गरिएकै दिन उनको स्वाब परीक्षणका लागि संकलन गरिएको थियो । शुक्रबार राति ८ बजेतिर कोरोनाको रिपोर्ट पोजेटिभ आएको र ति महिलामा उच्च रक्तचाप, मधुमेह र दम समेत देखिएको निमित्त निर्देशक झाले बताए ।
अहिलेसम्म धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८७ प्रतिशत प्रगतिको दाबी गर्ने सरकारले युवालाई आत्मदाह गर्न बाध्य बनायो : खुश्बु ओली (पूर्णपाठ)
-
गृहमन्त्रीको अभिव्यक्तिमा सांसद शर्माको नियमापत्ति
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
-
आदिवासी जनजाति आयोगले राख्यो संविधानमा २५ बुँदे संशोधनको माग, गैँडालाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण