लेवान्डोस्कीको कीर्तिमानमा बायर्न विजयी
आइनट्राक्ट फ्रांकफर्टबिरुद्ध सहज जित निकाल्ने क्रममा रोबर्ट लेवान्डोस्कीले नयाँ इतिहास रच्न सफल भएका छन् । शनिबार भएको खेलमा लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले बायर्नले ५–० को सहज जित हासिल गर्न सफल भएको हो ।
योसँगै पोलिस स्ट्राइकर पहिलो पाँच खेलपछि लिगमा १० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । खेलको १०, २६ र ६० औँ मिनेटमा गोल गर्दै लेवान्डोस्कीले आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।
गत सिजन लेवान्डोस्कीले शुरुवाती ५ खेलमा नौ गोल गर्दै सन् १९६७–६८ सिजनमा बोरुसिया मोचेनग्लाडबाचका पिटर मेयरले बनाएको कीर्तिमान बराबरी गरेका थिए । गत सिजन उनले सबै प्रतियोगितामा ४७ खेलमा ५५ गोल गरेका थिए भने बुन्डेस लिगमा ३१ खेलमा ३४ गोल गर्न सफल भएका थिए ।
होफनहाइमविरुद्ध ४–१ को पराजय बेहोर्ने क्रममा गोल गर्न असफल रहेका लेवान्डोस्कीले चार खेलमा १० गोल गरेका हुन् । यो सिजन पनि उनीले प्रत्येक ३७ मिनेटमा एक गोल गरिरहेका छन् ।
बायर्नका लागि लेरोइ साने र जमाल मुसियालाले बायर्नका लागि एक–एक गोल गरे । खेलमा बायर्नले अल्फोन्डो डेभिसलाई घाइते हुँदै गुमाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण