सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

काङ्ग्रेस र माओवादीले गठबन्धन गरेको स्थानमा एमालेको अग्रता

मङ्गलबार, ०३ असोज २०७४, १८ : १०
मङ्गलबार, ०३ असोज २०७४

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा नेकपा एमालेको अग्रता कायम रहेको छ ।

मिथिला नगरपालिकामा नेकपा एमालेले २०३ मतले अग्रता लिरहेका छन् भने नेपाली काँगे्रसको १९३, संघीय समाजवादी फोरमको ३८, राष्ट्रिय जनता पार्टीको १० र स्वतन्त्र उम्मेदवारी दिएका राजाराम महतोको ९३ मत रहेको निर्वाचन अधिकृत दशरथ गौतमले जानकारी दिनुभएको छ ।

यस नगरपालिकामा नेपाली काँगेस र माओवादी केन्द्रको तालमेल छ ।

धनुषाको मिथिला नगरपालिकामा काँगे्रस र माओवादी केन्द्रबीच गठबन्धन रहेको छ । स्वतन्त्र उम्मेदवार राजाराम महतो नेपाली काँगे्रसबाट टिकट नपाएपछि बागी भई उम्मेदवारी दिएका छन् ।

कहाँ भइरहेको मतगणना मधेशको केन्द्र मानिने जनकपुरको 
मधेशको केन्द्र मानिने जनकपृर उपमहानगरपालिकाको मतगण जारी रहेको छ । उपमहानगरपालिकाको मतगणना जिल्ला प्रहरी कार्यालय धनुषाको सामुन्ने रहेको महेन्द्रनारायाण निधि प्रतिस्ठानमा भईरहेको छ । उपमहानगरपालिकाको वडा नं।१, २, ३ र ४ को मतगणना ४ ठाउँमा भईरहेको छ ।अहिले सम्मको मत परिणाम अनुसार राजपाको मेयरले ८० मत ल्याई अग्रता लिरहेका छन् । राजपालाई नेपाली काँग्रेस ५३ मत ल्याई पछ्याईरहेको छ । मुख्य निर्वाचन अधिकृत राधा कृष्ण उप्रेती दिएको जानकारी अनुसार यहाँको सम्पुर्ण मतपरिणाम आउँन एक हप्ता लाग्ने छ ।

गणेशमान चारणथ नगरपालिका
सोमबार राति साढे ११ बजे सुरु भएको यस नगरपालिकामा माओवादी केन्द्र अग्र स्थानमा छन् । माओवादी केन्द्र ३६२ मतका साथ अग्र स्थानमा छन् भने संघीय समाजवादी फोरमले ३४० मतका साथ पछ्याईरहेका छन् । साथै नेपाली काँगे्रसको २३७ रहेको छ । यसअघिको मतपरिणाम अनुसार  माओवादी केन्द्रका सत्यनारायण कँुवरले २०८ प्राप्त वडा नं।११ म वडा अध्यक्ष सहित प्यानल बिजयी भएका छन् ।

हंसपुर नगरपालिकामा राजपाको बिजयी सुरुवात
हंसपुर नगरपालिकामा राजपाले बिजयी सुरुवात गरेको छ । नगरपालिकाको वडा नंं।२ बाट वडा अध्यक्षमा बिजय साह बिजयी भएका छन् । यहाँ संघीय समाजवादी फोरमले ८८३ ले अग्रता लिरहेका छन् । साथै काँगे्रसको ५६२ र एमालेको ५४१ रहेको छ ।

सबैला नगरपालिकामा माओवादी केन्द्रको अग्रता
सबैला नगरपालिकामा माआवादी केन्द्र मेयरमा ३७२ ले अग्र स्थानमा छन् भने नेकपा एमाले २६४ दोस्रो र नेपाली काँगे्रस ११७ ल्याई तेस्रो स्थानमा रहेको छ । त्यस्तै उपमेयरमा माओवादीको ३६८, नेकपा एमाले २७७ र नेपाली काँगे्रसले ११४ रहेको छ । यस स्थानिय तहमा माओवादी र नेपाली काँग्रेसको गठबन्धन हुने प्रयास हुने भनिएपनि हुनसेको थिएन् ।

धनौजी गाउँपालिकामा राजपाको अग्रता
अहिले सम्मको मतपरिणाम अनुसार धनौजी गाउँपालिकामा राजपाको अग्रता रहेको छ । राजपा ११८ का साथ अग्र स्थानमा छन् भने काँगे्रसको ७० मत रहेको छ ।
कमलामाई नगरपालिकामा फोरमको अग्रता
कमलामाई नगरपालिकामा संघीय समाजवादी फोरमले २३१ मत ल्याई अग्र स्थानमा छन । त्यस्तै माओवादी केन्द्र १६३ साथ दोश्रो र  काँग्रेस ५६ ल्याई तेस्रो स्थानमा रहेका छ ।

धनुषाधाम नगरपालिकामा नेपाली काँगे्रसको अग्रता
धनुषाधाम नगरपालिकामा नेपाली काँगे्रसले ३९६ मत ल्याई अग्रता लिरहेका छन् । माओवादी केन्द्रको १७९, नेकपा एमालेको १९७ , संघीय समाजवादी फोरमको ११२ र राजपाको २४ मत रहेको छ ।
चब

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्र कुमार यादव
अमरेन्द्र कुमार यादव

अमरेन्द्र कुमार यादव रातोपाटीका जिल्ला संवाददाता हुन् ।

लेखकबाट थप