अक्षयद्वारा ‘पब्जी’को प्रतिद्वन्द्वी फौजीको टिजर जारी
भारतमा चर्चित मोबाइल गेम ‘पब्जी’को प्रतिद्वन्द्वी मानिएको ‘फौजी’को फर्स्ट लुक आइतबार जारी गरिएको छ । अक्षय कुमारले दसैँको अवसर पारेर टिजर रिलिज गरेका हुन् ।
उनले मिडियामा लेखेका छन्, ‘आज खराबमाथि असलको जीतको दिन हो । फौजीहरुका लागि खुसियाली मनाउनका लागि योभन्दा राम्रो दिन कुन हुन सक्छ ? टिजरको पहिलो सीनमा नै गलवान घाटीमाथि उडान भर्दै गरेको भारतीय हेलिक्टर देख्न सकिन्छ भने चिनियाँ सैनिकसँग भिडन्त पनि देखाइएको छ ।
अक्षय कुमारले टिजर शेयर गर्दै लेखेका छन्, ‘आज जब हामी खराबमाथि असलको जीतको खुसियलाी मनाइरहेका छौँ, योभन्दा राम्रो दिन कुन हुन सक्छ जब हामी निडर र एकताका प्रतिक जवान आफ्ना सैनिकलाई सलाम गरौँ । दसैँको अवसरमा प्रस्तुत छ फौजीको टिजर । यसलाई नोभेम्बरमा लञ्च गर्ने मिति तय गरिएको छ ।
दुई महिनाअघि अक्षयले गेमको घोषणा गर्दै यसलाई प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर अभियानलाई समर्थन गर्ने बताएका थिए । उनले खेलबाट प्राप्त हुने आम्दानीको २० प्रतिशत हिस्सा वीर ट्रस्टलाई सहयोग गर्ने बताएका थिए ।
गलवानमा भारत र चीनका सैनिकबीच झडप भएपछि केन्द्र सरकारले २९ जुनमा ५९ चिनियाँ एप, २७ जुलाईमा ४७ र २ सेप्टम्बरमा ११८ एपमाथि प्रतिबन्ध लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कानुनी सुधारतर्फ बालेन सरकारले १०० दिनमा के गर्यो ?
-
दैलेख ग्यास भण्डार उपयोगबाट बिजुलीदेखि मलसम्म उत्पादन हुने
-
खानी र खनिज क्षेत्रमा सरकारको कडाइः १२५ अनुमतिपत्र रद्द, २७ सँग स्पष्टीकरण माग
-
त्रिविका ४०० प्राध्यापक कारबाहीमा, १३ करोड २६ लाख राजस्व फिर्ता
-
सुशासन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा सुधारमा सरकारका १३ उपलब्धि सार्वजनिक
-
मलाई अपमानित गर्नेहरू यही बुढाको हड्डी घोटेर मन्त्री र सांसद भए : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण