१८ वर्षको उमेरमा प्रियंकाले जितेकी थिइन् मिस वर्ल्डको ताज, आमाको थियो अर्कै चिन्ता
मुम्बई । अभिनेत्री प्रियंका चोपडाको जीवन एक मिसाल जस्तो छ । उनले १८ वर्षमा मिस वर्ल्डको ताज जितेकी थिइन् । ताज जितेको अहिले २० वर्ष पूरा भइसकेको छ ।
मिस वर्ल्डको यात्रादेखि अहिलेसम्म उनको जीवनमा थुप्रै उतारचढाव आएका छन् । तर, हरेक समय उनी विजेताको रुपमा अगाडि आउन सफल भएकी छन् ।
२० वर्ष अगाडि (२०००) मिस वर्ल्डको ताज जितेको समयको भिडियो प्रियंकाले अहिले सार्वजनिक गरेकी छन् । भिडियोमा शिरमा ताज देखेर प्रियंका खुसी भएको समेत देख्न सकिन्छ । भिडियो उनले आफू विजेता बन्दाको हर क्षण भाइ तथा आमासँग सेयर गरेको समेत देख्न सकिन्छ ।
प्रियंकाले ताज जितेको समय उनकी आमा खुसी र हैरान समेत थिइन् । त्यसैले छोरीलाई बधाई दिएर उनले भनेकी थिइन् ‘बेब अब तिम्रो पढाइ के हुन्छ ?’
प्रियंकाले भिडियो सेयर गर्दै लेखेकी छन् ‘त्यतिबेला म १८ वर्षको थिएँ । जुनबेला मैले मिस वर्ल्ड जितेको थिएँ । जब भीडको बीच मैले पहिलो पटक आमासँग भेटेँ तब मेरी आमाले मलाई सोधिन् ‘बेब अब तिम्रो पढाइ के हुन्छ ?’
सो समय प्रियंकाको इन्जिनियर बन्ने सपना रहेको थियो । त्यसका लागि उनले कलेज भर्ना समेत भएकी थिइन् । मिस वर्ल्ड बनेपछि उनलाई फिल्मको अफर आउन लाग्यो । त्यसपछि उनले पढाइ छोडदिइन् ।
फिल्मको कुरो गर्ने हो भने प्रियंका छिट्टै ‘द ह्वाइट टाइगर’मा देखिँदै छिन् । फिल्ममा उनको साथमा राजकुमार रावको समेत अभिनय रहने छ । हालै फिल्मको फष्टलुक समेत बाहिर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
-
शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण