यौनशोषणको आरोप : पायलविरुद्ध कानुनी कारवाहीको तयारीमा अनुराग कश्यप
पायल घोषले एक महिनाअघि निर्देशक अनुराग कश्यपमाथि यौनशोषणको आरोप लगाएकी थिइन् । कश्यप अब यस मुद्दामा आरपारको लडाइँको तयारीमा छन् । एक महिनासम्म प्रमाण जुटाउन लागी परेका कश्यप अब कानुनी कारवाहीका लागि अदालत जाने तयारी गरिरहेको मिडिया रिपार्ट आएको छ ।
स्रोतका अनुसार कश्यपलाई आफ्नोभन्दा पनि परिवारको चिन्ता छ । यो आरोपले उनको परिवारलाई ठेस पुगेको छ । कश्यपका अनुसार यो उनको प्रतिष्ठाको पनि प्रश्न हो । यो आरोपले ती सबै कुराबारे प्रश्न उठाएको छ जसका लागि आफू पुरा जीवन उभिएको उनको भनाइ छ । कश्यपले एक झुठका कारण आफ्नो प्रतिष्ठा बर्बाद हुन नदिने बताएका छन् । आफूले न्याय नपाएसम्म लड्ने उनले बताएका छन् ।
कश्यपका निकटस्तका अनुसार उनले आफू निर्दोष भएको प्रमाण जुटाएका छन् । यस्तोमा अब पायलसँग उनीविरुद्ध लगाएको आरोपबारे कस्तो प्रमाण छ भन्ने प्रश्न उठेको छ ।
पायलले यस मामिलामा ऋचा चड्ढाको नाम पनि लिएकी थिइन् । तर, पछि ऋचाले मानहानीको मुद्दा हालेपछि उनले माफी माग्न परेको थियो । हाल पायल केन्द्रीय मन्त्री रामदास आठवलेको पार्टी आरपीआईसँग आबद्ध भएकी छन् । उनलाई पार्टीमा महिला विभागको अध्यक्ष बनाइएको छ । यस मामिलामा मुम्बई प्रहरीले उनलाई करिब ८ घण्टा सोधपुछ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
-
शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण