विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै नायिकामाथि चक्कु प्रहार
टेलिभिजनकी नायिका मालवी मल्होत्रामाथि चक्कु हमलाका आरोपी योगेश महिपाल सिंहसम्म पुग्न मुम्बई प्रहरी सफल भएको छ । प्रहरीले सिंहलाई घाइते अवस्थामा फेला परेका हुन् । उनलाई प्रहरी निगरानीमा एक अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्यमा सुधार आएपछि प्रहरीले उनलाई पक्राउ गर्नेछ ।
प्रहरी अधिकारीका अनुसार आरोपी सिंह मंगलबार राति छिमेकी पालघर जिल्लाको वसईस्थित एक अस्पतालमा भर्ना भएका थिए । मालवीमाथि हमला गरेपछि उनले पनि आत्महत्याको प्रयास गरेको आशंका गरिएको छ । यद्यपि, यसको पुष्टि प्रहरीले गरेको छैन ।
हमलापछि पछि आरोपी सिंह आफ्नो कारमा फरार भएका थिए । उनलाई अस्पतालमा फेला पारेपछि प्रहरीको एक टोली पुगेर उनीसँग सोधपुछ गरेको थियो ।
अभिनेत्री मालवीका अनुसार आरोपीले कथित रुपमा सोमबार राति मुम्बईको बर्सोवा क्षेत्रमा पेट र दुई हातमा चक्कु प्रहार गरेका थिए । उनी गम्भीररुपमा घायल छिन् । उनको मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीको जाँचमा योगेशले यो हमला एकतर्फी प्रेमका कारण गरेको खुलेको छ । प्रहरीलाई मालवीले आफूले सिंहलाई पछिल्लो एक वर्षदेखि चिनेको र उनी आफूसँग विवाह पनि गर्न चाहेको बताएकी छन् । तर, उनले सिंहको प्रस्ताव अस्वीकार गरेकी थिइन् ।
वर्सोवा प्रहरीका अनुसार आरोपी सिंहविरुद्ध ३०७ (हत्याको प्रयास) सहित विभिन्न भारतीय दन्ड संहिताको धाराअनुसार एफआईआर दर्ता गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
-
शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण