श्रीदेवी जस्तै नागिन बन्दै श्रद्धा
मुम्बई । अभिनेत्री श्रद्धा कपुर बोल्ड एन्ड ग्ल्यामर अवतारका कारण सधै चर्चामा रहने गर्दछिन् । अब भने उनलाई नागिन अवतार देख्न सकिने भएको छ । जसको जानकारी उनी आफैले सामाजिक संजाल मार्फत दिएकी हुन् ।
श्रद्धाले फिल्म ‘नागिन’मा नागिनको भूमिका निर्वाह गर्न लागेकी छन् । तीन सिरिजमा निर्माण हुने फिल्ममा उनी श्रीदेवी झै इच्छाधारी नागिनको भूमिकामा देखिने छिन् ।
विशाल फुरियाको निर्देशन रहने फिल्म निखिल द्विवेदीले निर्माण गर्न लागेका हुन् । पहिलो पटक नागिनको भूमिका निर्वाह गर्न लागेकोमा उनी निकै उत्साहित छिन् ।
उनले खुसी हुँदै स्टाग्राममा लेखेकी छन् ‘मेरो लागि पर्दामा एक नागिनको भूमिका निर्वाह गर्नु धेरै खुसीको कुरो हो । म श्रीदेवी म्यामको नागिन भूमिका र आँखाको फ्यान हुँ र त्यो हेर्दै ठुली भएकी हूँ । म सधै यस्तो भूमिकामा देखिन चाहन्थे । जसमा भारतीय लोक कथा जोडिएको हुन्छ ।’
श्रद्धा अगाडि श्रीदेवी, रेखा र रीना राय जस्ता बलिउडम अभिनेत्रीले पर्दामा नागिनको भूमिका निर्वाह गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कानुनी सुधारतर्फ बालेन सरकारले १०० दिनमा के गर्यो ?
-
दैलेख ग्यास भण्डार उपयोगबाट बिजुलीदेखि मलसम्म उत्पादन हुने
-
खानी र खनिज क्षेत्रमा सरकारको कडाइः १२५ अनुमतिपत्र रद्द, २७ सँग स्पष्टीकरण माग
-
त्रिविका ४०० प्राध्यापक कारबाहीमा, १३ करोड २६ लाख राजस्व फिर्ता
-
सुशासन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा सुधारमा सरकारका १३ उपलब्धि सार्वजनिक
-
मलाई अपमानित गर्नेहरू यही बुढाको हड्डी घोटेर मन्त्री र सांसद भए : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण