विवादमा तानियो अक्षयकुमारको ‘लक्ष्मी बम’
मुम्बई । अभिनेता अक्षयकुमारको आउँदो फिल्म ‘लक्ष्मी बम’ विवादमा तानिएको छ । केही अगाडि ट्रेलर रिलिज गरिएको फिल्मको अहिले बहिस्कारको माग गर्न थालिएको छ । सामाजिक संजालमा समेत यसलाई बस्किारको माग गरिएको छ ।
फिल्मको नाम तथा यसको कथावस्तु प्रति आपत्ति प्रकट गरिएको छ । कतिपयले फिल्मको नामले हिन्दूका भावनामा ठेस पुर्याएको समेत धारणा राखेका छन् ।
फिल्म मेकर्सलाई श्री राजपुत करणी सेनाको तर्फबाट पनि कानुनी नोटिस मिलेको छ । जसमा फिल्मको नाम परिवर्तन गर्न माग समेत गरिएको छ ।
‘फिल्मको नाम ‘लक्ष्मी बम’ हिन्दुका देवी लक्ष्मीका लागि निकै अपमान हो’ कानुनी नोटिसमा भनिएको छ ‘मेकर्सले जानेर बुझेर देवी लक्ष्मीको अपमान गर्न फिल्मको यस्तो टाइटल राखिएको हो ।’ ‘फिल्मको टाइटल ‘लक्ष्मी बम’बाट हिन्दू समूदायको भावनमा ठेस पुग्छ,’ नोटिसमा उल्लेख छ ।
श्री राजपूत करणी सेनाको तर्फबाट वकिल राधवेन्द्र मेहरोत्राले फिल्म मेकरको नाममा नोटिस पठाएका हुन् । कानुनी नोटिसमा फिल्मको मेकरले बिना सर्त माफी माग्न समेत भनिएको छ । नोटिसमा अगाडि उल्लेख गरिएको छ, ‘फिल्मको माध्यमबाट समाजमा हिन्दु धर्मका देवीदेवताको, रितिरिवाजको र भावनाविरुद्ध गलत सन्देश दिइएको छ ।’
यसअगाडि हिन्दु सेना नामक संगठनले पनि फिल्मको नाम परिवर्तन गर्न माग गरेको थियो ।
फिल्म एक व्यक्तिमा आधारित भएर निर्माण भएको छ । जसलाई एक तेस्रोलिङ्गी भूतको छायाले समात्ने गर्दछ । फिल्ममा अक्षयकुमार मुख्य भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
-
शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण