सिद्धार्थ बैंकको क्रेडिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन सकिने
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले यही कार्तिक १३ गतेदेखि अनलाइनमार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको छ ।
अब क्रेडिट कार्डका लागि ग्राहकहरुले भौतिक रुपमा बंैकसम्म नपुगिकनै घरैबाट क्रेडिट कार्ड आवेदन दिन सक्नेछन् । यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई (Banking service > Apply Online > Credit Card Application), "https://onlinecreditcard.siddharthabank.com/” मा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
आवेदन दिएपश्चात क्रेडिट कार्ड स्वीकृत गर्नुपूर्व बैैंकले आवश्यक ठानेमा ग्राहकलाई सम्र्पक गर्न सक्नेछ । साथै, कार्ड तयार भइसकेपश्चात ग्राहकहरुले आवश्यक सक्कल कागजातहरु पेश गरी बैंकको शाखाबाट कार्ड संकलन गर्न सक्नेछन् ।
बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बनाउनलाई बैंकद्वारा अपनाइएको यस कदमले ग्राहकहरुको समयको बचत हुनुका साथै थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण