सिद्धार्थ बैंकको क्रेडिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन सकिने
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले यही कार्तिक १३ गतेदेखि अनलाइनमार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको छ ।
अब क्रेडिट कार्डका लागि ग्राहकहरुले भौतिक रुपमा बंैकसम्म नपुगिकनै घरैबाट क्रेडिट कार्ड आवेदन दिन सक्नेछन् । यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई (Banking service > Apply Online > Credit Card Application), "https://onlinecreditcard.siddharthabank.com/” मा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
आवेदन दिएपश्चात क्रेडिट कार्ड स्वीकृत गर्नुपूर्व बैैंकले आवश्यक ठानेमा ग्राहकलाई सम्र्पक गर्न सक्नेछ । साथै, कार्ड तयार भइसकेपश्चात ग्राहकहरुले आवश्यक सक्कल कागजातहरु पेश गरी बैंकको शाखाबाट कार्ड संकलन गर्न सक्नेछन् ।
बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बनाउनलाई बैंकद्वारा अपनाइएको यस कदमले ग्राहकहरुको समयको बचत हुनुका साथै थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु
-
बालन्यायको आवश्यकतालाई सम्बोधन गर्न राज्यले अभिभावकीय भूमिका खेल्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
विदेश पठाइदिने भन्दै रु ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ
-
नेकपा (एस) बाट महाधिवेशनबारे ६ सय विदेशी सङ्गठनलाई पत्राचार
-
गण्डकीमा एमालेका जनप्रतिनिधिलाई प्रशिक्षण
-
२७ वैशाखमा ‘राष्ट्रिय महिला मादल वादन प्रतियोगिता २०८१’ हुने