फिल्मी कथाभन्दा कम छैन शाहरुख–गौरीको प्रेम
एजेन्सी । शाहरुख खान बलिउडमा किङ खान उपनामले चिनिन्छन् । २ नोभेम्बरमा यी अभिनेता ५५ वर्षका हुनेछन् । निकै व्यस्त अभिनेता हुनुका बाबजुद पनि आफ्नो परिवारलाई उनी पर्याप्त समय दिन्छन् । फिल्म सुटिङबाहेक उनको बाँकी समय परिवारसँगै बित्छ । शाहरुखले गौरी छिब्बरसँग १९९१ मा विवाह गरेका थिए । उनीहरुको प्रेम र विवाहको कथा पनि निकै रोचक छ ।
पहिलो भेट
१९८४ मा पहिलोपटक यी दुुईको भेट भएको थियो, साथीको जन्मदिनको पार्टीमा । त्यतिबेला शाहरुखको बलिउड करियर नै सुरु भएको थिएन । उनी केवल १८ वर्षका थिए । पार्टीमा गौरी अर्का एक युवकसँग डान्स गरिरहेकी थिइन् । शाहरुखले पनि गौरीसँग डान्स गर्न चाहन्थें, तर गौरीलाई यसमा खासै रुची थिएन । त्यसैले उनले भनिन्, ‘म ब्वाईफ्रेन्डको प्रतिक्षामा छु ।’
गौरीको कुराले शाहरुखलाई झट्का लाग्यो । तर, पछि उनलाई गौरीले झुठ बोलेको थाहा भयो । खासमा गौरीका कोही ब्वाईफ्रेन्ड थिएनन् । यो विषय शाहरुखले एक अन्तर्वार्तामा खुलासा गरेका छन् । एकपटक शाहरुख खानको जन्मदिनमा गौरी उनको घर पुुगेकी थिइन्, तर उनी थोरै समयपछि शाहरुखलाई केही नभनी आफ्ना साथीहरुसँग घुम्न निस्किइन् । यतिबेला शाहरुख निकै निराश भए ।
‘मैले जीवन बिताउन चाहने युवती गौरी नै हुन्’ भनेर उनलाई पहिलोपटक महसुस भयो । गौरी र शाहरुखले विवाहको फैसला लिने भए, तर यो सहज कुरा थिएन । उनीहरुबीच धर्मको पर्खाल थियो । शाहरुख मुस्लिम र गौरी हिन्दू ब्राम्हण परिवारबाट थिइन् । दोस्रो कुरा, यतिबेला शाहरुख बलिउडमा संघर्ष गर्दै थिए । त्यसैले शाहरुखले पहिलोपटक गौरीका आमाबाबुसँग भेट्दा आफु हिन्दू धर्मालम्बी रहेको बताएका थिए । उनले आफ्नो नाम पनि गलत बताएका थिए ।
अन्तत, गौरीका आमाबाबुलाई मनाउन शाहरुख सफल भए र २५ अक्टुुबर १९९१ मा हिन्दू परम्पराअनुसार उनीहरुको विवाह भयो । विवाहको अर्को वर्ष शाहरुख अभिनित पहिलो बलिउड फिल्म ‘दिवाना’ प्रदर्शनमा आयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण