मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

जनकको ‘सिमसिमे पानी पर्‍यो...’ सार्वजनिक

आइतबार, १६ कात्तिक २०७७, १२ : २८
आइतबार, १६ कात्तिक २०७७

काठमाडौं । गीतकार जनक रावलले लोकप्याट्रनमा डान्सिङ गीत ‘सिमसिमे पानी पर्‍यो...’ ल्याएका छन् । किरण माइकल घिमिरेले संगीत दिएको गीत भिडियोसहित सार्वजनिक भएको हो । रुपक डोटेल र शसिका राईको स्वर रहेको गीतको भिडियो यादव पुडासैनीले निर्देशन गरेका हुन् । 

बालापनको कथा भन्न खोजिएको भिडियोमा निश्चल रावल र निकिशा बिमलीको अभिनय देख्न सकिन्छ । भिडियोमा रमेशचन्द सोडारी र रोली तामाङ पनि देखिएका छन् ।  नारायण रिजालको कोरियोग्राफी रहेको भिडियोमा सुरेश बज्राचार्यको छायाँकन र मित्रदेव गुरुङको सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप