आजको मौसम पूर्वानुमान, यी स्थानका वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।
महाशाखाले हाल देशभरको मौसमको अवस्था जानकारी समेत गराएको छ । महाशाखाका अनुसार हाल प्रदेश न १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
यसैगरी, सोमबार दिउँसो प्रदेश न १ र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी क्षेत्र तथा प्रदेश न २ मा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
भने, प्रदेश न १ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेश, लुम्विनी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ ।
यस्तै, राति प्रदेश १ को पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
यता, प्रदेश न १ र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण