शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

यस्तो ड्रेसमा आलिया बनिन् हट

सोमबार, १७ कात्तिक २०७७, १२ : २६
सोमबार, १७ कात्तिक २०७७

मुम्बई । अभिनेत्री आलिया भट्ट पछिल्लो समय सोशल मिडियामा त्यति सक्रिय देखिएकी छैनन् । तर, अहिले भने उनले आफ्नो इस्टाग्राममा केही बोल्ड तस्बिर सेयर गरेकी छन् । जुन तस्बिर उनले लगाएको अहिलेसम्मकै फरक ड्रेसमा एकदमै हट रहेको छ । 

सार्वजनिक तस्बिरमा आलियाले पहिरिएको पहिरन चेसको प्रिन्ट जस्तो रहेको छ । उनको यो ड्रेस लेबनानी फेशन डिजाइनर जर्जस होबिकाले डिजाइन गरेकी हुन् ।

आलिया यो ड्रेसमा निकै राम्री देखिएकी छन् । तस्बिर सामाजिक संजालमा निकै भाइरल भइरहेका छन् । जसलाई उनका फ्यानले समेत रुचाएका छन् ।

कामको कुरागर्ने हो भने आलिया पछिल्लो समय फिल्म ‘गंगुबाई काठियावाडी’मा व्यस्त छिन् । यसको अलवा उनी प्रेमी रणबीर  कपुरका साथ फिल्म ‘ब्रह्मास्त्र’मा समेत देखिने छिन् ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप