अक्षय कुमारले भने, ‘विवाहको रात नै थाहा भइसकेको थियो श्रीमतीसँगको झगडामा कहिल्यै जित्न सक्दिनँ’
अक्षय कुमार आफ्नो नयाँ फिल्म ‘लक्ष्मी’ को प्रोमोशनका लागि कियरा आडवाणीसँग कपिल शर्माको शोमा पुगे ।
कार्यक्रममा अर्चना पूरन सिंहले पनि अक्षयलाई विभिन्न प्रश्न सोधेका छन् । अर्चनाले अक्षयलाई ‘के तपाईं घरमा किङ साइज लाइफ जिउनुहुन्छ ?’ भनेर सोध्दा उनले भने, ‘होइन, म कुनै पनि हालतमा यसरी बाँच्दिनँ ।’ त्यसपछि अर्चनाले सोध्छिन्, ‘तिमीहरु दुबैको झगडा भएमा कसको जीत हुन्छ ?’
अक्षय भन्छन्, ‘ट्वीङ्कल नै जित्छिन् ।’ त्यसपछि अर्चना भन्छिन्, ‘तिमीले कहिले थाहा पायौ कि तिमी कहिले पनि जित्न सक्दैनौ ?’ यसमा अक्षयले तुरुन्त भन्छन्, ‘विवाहको रात नै थाहा भइसकेको थियो ।’
स्मरण रहोस्, अक्षय यो कार्यक्रममा २५ पटक पाहुनाको रुपमा आइसकेका छन् । यस्तोमा शोमा नायकको सिल्भर जुबली हुँदा टीमका सबै सदस्यले उनलाई उपहार दिनेछन् । यतिबेला कपिल शर्माले अक्षय कुमारलाई नोट गन्ने मेसिन दिनेछन् । त्यसपछि अक्षय कुमारले कपिल शर्मालाई भन्छन्, ‘यो हो नोट गन्ने मेसिन जुन कपिलले आफ्नो घरबाट लिएर आएका हुन् । इन्डष्ट्रिको आधा पैसा त यही खातामा छ ।’ यो सुनेर सबै मानिसहरु जोड–जोडले हाँस्न थाल्छन् ।
स्मरण रहोस्, अक्षय कुमारको फिल्म ‘लक्ष्मी’ नोभेम्बर ९ मा डिज्नी प्लस हटस्टारमा रिलिज हुँदैछ । फिल्ममा कियारा आडवाणी उनकी श्रीमतीको भूमिकामा देखिनेछिन् । फिल्मको निर्देशन राघव लरेन्सले गरेका हुन् जसले यो फिल्मलाई तमिलमा बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण