ओपोद्वारा हाई प्रसेजन आरटीके पोजिसनिङ अल्गोरिथमको घोषणाः २०२१मा सार्वजनिक हुने
काठमाडौं । ओपोले मोबाइल फोन नेभिगेशन प्रणालीलाई एक मिटरको रेडियसमा सटिक स्थानको पहिचान गर्न सघाउने स्व(विकसित उद्योगकै अग्रणी हाई प्रसेजन पोजिसनिङ अल्गोरिथम सार्वजनिक गरेको छ ।
मोबाइल नेभिगेशनमा प्रयोगकर्ता अनुभवमा सुधार उपलब्ध गराउने सोचका साथ ओपोले विद्यमान पोजिसनिङ प्रविधिका स्थानमा आरटीके प्रविधि स्मार्टफोनमा उपलब्ध गराउन लागेको हो । आरटीके पोजिसनिङ प्रविधि वाहक चरण मापन (क्यारियर फेज मेजरमेन्ट)मा आधारित छ । यसले मेजरिङ स्टेशनमार्फत प्राप्त डाटालाई वास्तविक समयमै प्रोशेस गरी स्थानका बारेमा सटिक जानकारी प्रस्तुत गर्छ ।
जटिल प्रणालीको प्रयोग हुने यस प्रविधि पछिल्ला समयमा औद्योगिक मापनका लागि गरिन्थ्यो । यसको सिधा प्रयोग स्मार्टफोनका लागि अनुपयुक्त थियो । ओपोले एक्सेलेरोमिटर र गायरोस्कोपलगायत मोबाइल फोन सेन्सर्सबाट उपलब्ध हुने जानकारीको प्रयोग गर्ने अल्गोरिथमको विकास गरेको हो । यसले स्थानको सटिक जानकारी दिनुका साथै संकेटमा हस्तक्षेपका कारण हुन सक्ने प्रभाव न्यूनिकरणमा समेत सघाव पु¥याउँछ ।
ओपोका उपाध्यक्ष तथा ओपो रिसर्च इन्स्टिच्यूटका प्रमुख लेभिन ल्यूले भने, ‘कनेक्टिभिटी अपरिहार्य रहेको यस फाइभजी यूगमा इनडोर तथा आउटडोर प्रयोग गरिरहँदा विभिन्न एप्लिकेशन्सका लागि सुदृढ नेभिगेशन प्रणालीको आवश्यकता पर्छ । बढ्दो बजार मागलाई सम्बोधन गर्ने सोचका साथ ओपोले आफ्नो हाई प्रसेजन आरटीके पोजिसनिङ प्रविधि स्मार्टफोनमा कार्यान्वयनमा ल्याउन लागेको हो । यो प्रविधिले असिमित प्रयोगर्तालाई फाइदा पु¥याउने कुरामा हामी विश्वस्त छौं ।’
सन् २०२१ देखि ब्यवसायिक रुपमा उपलब्ध गराउने लक्ष्यका साथ हाल ओपो यस प्रविधिलाई परिपूर्ण र ब्यवसायिक बनाउने कार्यमा लागि परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
-
सुनसरी घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता
-
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
-
दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
-
सुनसरी घटना : प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू
-
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण