ओलीको ठाउँमा प्रचण्ड वा शेरबहादुर ल्याएर देशले संकटबाट निकास पाउँदैन : कमल थापा
कार्तिक १८ र काठमाण्डौ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा ल्याएर अथवा नेकपाको ठाउँमा नेपाली काँग्रेस वा अन्य कुनै दललाई स्थापित गरेर देशले संकटबाट समाधान नगर्ने भनि टिप्पणी गरेका छन् ।
अध्यक्ष थापाले भनेको छन्, ‘परराष्ट्र नीति सञ्चालनमा असन्तुलन देखिएको छ । नेकपा नेतृत्वको सरकारसँग भारत संवादहीन अवस्थामा पुगेको छ भने सरकारमाथि अर्को छिमेकी चीनको भरोसा पनि धर्मराएको छ ।’
भ्रष्टाचारदेखि राज्यसत्ता कब्जा गर्ने कार्यमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दल दुवैले साझेदारी र भागवण्डा कायम गरेको भन्दै थापाले आलोचना गरेका छन् ।
‘समस्याको चक्रव्युहबाट देशलाई मुक्त तुल्याउन मार्गचित्र र अवधारणामा सुधार नगरेसम्म ‘कस्मेटिक’परिवर्तनको कुनै अर्थ रहँदैन । नेपाली जनताले मुलुकको राजनीतिक मार्गचित्र र गन्तव्यका वारे पुनर्विचार गर्नु जरुरी भएको छ । धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विकल्प खोज्ने वा उल्लेखित मान्यता बारे जनताको प्रत्यक्ष अभिमत बुझ्न जनमतसंग्रह गर्ने बारे अब राष्ट्रिय बहस प्रारम्भ गरिनुपर्छ,’ अध्यक्ष थापाको भनाई छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण