शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काजल अग्रवालले कोरोना कालमा किन लिइन् विवाहको निर्णय ? बताइन् कारण

मङ्गलबार, १८ कात्तिक २०७७, १५ : ३६
मङ्गलबार, १८ कात्तिक २०७७

काजल अग्रवालले ३० अक्टोबरमा व्यापारी गौतम किचलूसँग विवाह गरिन् । उनको विवाहको खबरदेखि तस्बिर सोसल मिडियामा जताततै छाएका छन् । अचानक विवाहको खबरले उनका प्रशंसक चकित पनि भए । महामारीका बेला आफूहरुले विवाहको निर्णय लिनुको कारणबारे काजलले जानकारी दिएकी छिन् ।

 भोगलाई दिएको एक अन्तरवार्तामा काजलले यसबारे खुल्ला रुपमा चर्चा गरेकी छिन् । उनले भनिन्, ‘मैले र गौतमले तीन वर्षसम्म एक–अर्कालाई डेट गर्यौं र त्यसपछि सात वर्षसम्म हामी साथी भयौं । साथी बनेर सुरु भएको हाम्रो सम्बन्ध दिन प्रतिदिन राम्रो बन्दै गयो ।’

‘हामी एक–अर्कालाई धेरैजसो भेट्थ्यौं । मेरो वा उनको सोसल पार्टी वा प्रोफेशनल एन्डीभरमा, हामी सधैं सँगै हुन्थ्यौं । जब लकडाउनमा हामी केही हप्तासम्म एक–अर्कालाई भेट्न पाएनौं तब हामी ग्रोसरीमा मास्क लगाएर एक–अर्काको झलक हेर्न पुग्थ्यौं । त्यतिबेला महसुस भयो कि हामी सँगै बस्न चाहन्छौं ।’

गौतमको विवाहको प्रस्तावबारे कुरा गर्दै काजलले भनिन्, ‘गौतम फिल्मी टाइप छैनन् र म यसैमा धन्य छु किनभने फिल्ममा मैले यस्ता कुरा धेरैपटक देखेँ । त्यसैले प्रस्ताव कुनै तामझामको थिएन । यो हामीबीच निस्किएको इमोशनल कन्वर्सेशन थियो । उनी आफ्नो भावनाका लागि असाध्यै इमानदार थिए र जसरी उनले आफ्नो भविष्य मसँग बिताउन चाहना राखे म योभन्दा थप निश्चित हुन सक्दिनथेँ । ’

काजलको विवाहको खबरपछि दुबैको तस्बिर भाइरल भइरहेको छ । उनीहरुको सम्बन्ध निकै गोप्य रह्यो तर उनीहरुको विवाहको चौतर्फी चर्चा रह्यो ।

काजलले विवाहको प्रि–वेडिङ फोटो सेयर गरेकी थिइन् । उनी पहेलोँ विवाहमा निकै शानदार देखिएकी थिइन् । विवाहको तयारीका लागि उनले डिजाइनर मनिष मल्होत्रालाई धन्यवाद भनेकी थिइन् । उनले कडा लकडाउनबीच यो साडी तयार गरेकोमा आभार व्यक्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप