शाहरुख खानले दुबईबाट पाए विशेष उपहार, संसारको सबैभन्दा अग्लो भवनमा छायो तस्बिर
बलिउडका किङ खान शाहरुख खानले २ नोभेम्बरमा आफ्नो ५५ औं जन्मदिन मनाए । यो मौकामा उनका प्रशंसकले उनलाई जन्मदिनको बधाई दिए र विभिन्न अन्दाजमा उनको जन्मदिन मनाए । शाहरुखले सबै प्रशंसकलाई धन्यवाद भने । यसका लागि उनले आफ्नो सोसल मिडिया ह्यान्डलबाट एउटा भिडियो सेयर गरे । शाहरुख खान हाल दुबईमा छन् र उनले आफ्नो जन्मदिन परिवारसँग मनाए । यो मौकामा संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा शाहरुख खानको नाम र तस्बिरले जगमगायो ।
शाहरुखले लेखे भावुक पोस्टः
शाहरुखले यसको शानदार तस्बिर आफ्नो इन्स्टाग्राम ह्यान्डलमा साझा गरे । उनी त्यतिबेला आफैं त्यहाँ उपस्थित थिए । तस्बिर सोसल मिडियामा सेयर गरेर शाहरुख खानले एक पोस्ट लेखे, ‘संसारको सबैभन्दा ठूलो र अग्लो स्क्रिनमा आफूलाई हेर्दा रमाइलो लाग्यो । मेरा साथीले मलाई अर्को फिल्म अघि नै मलाई सबैभन्दा ठूलो पर्दामा स्थान दिए । धन्यवाद र प्रेम... मेरा बच्चा निकै प्रभावित भए र मलाई त यो देखेर प्रेम बस्यो ।’
करण जोहर पनि सँगै थिएः
बुर्ज खलिफामा शाहरुख खानको एउटा भिडियो पनि चलाइएको थियो । यो भिडियोमा शाहरुखको सबै रोमान्टिक अन्दाज देखाइएको थियो । शाहरुख खानको जन्मदिनको मौकामा करण जोहर पनि उनीहरुसँगै दुबईमा उपस्थित थिए । करण जोहरले पनि यो भिडियोलाई आफ्नो इन्स्टाग्राम अकान्टमा सेयर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण