शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

‘धमाल’ फिल्मका अभिनेता पक्राउ, उत्पीडनको आरोप

बुधबार, १९ कात्तिक २०७७, ०९ : ५८
बुधबार, १९ कात्तिक २०७७

बलिउड अभिनेता विजय राजलाई गोंडिया प्रहरीले पक्राउ गरेको छ । यद्यपि, स्थानीय अदालतबाट उनले जमानत पाएका छन् । विजय राजमाथि उत्पीडनको आरोप लागेको छ ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार विजय राजलाई महाराष्ट्रको गोंडियामा एक होटलबाट मंगलबार बिहान पक्राउ गरिएको थियो । एएनआईले गोंडियाका प्रहरी अधिकारी अतुल कुलकर्णीलाई उद्धृत गर्दै विजय राजविरुद्ध सोमबार बेलुका ऊजुरी परेकोे र उनलाई मंगलबार बिहान पक्राउ गरिएको जानकारी दिएको छ । उनीमाथि क्रुकी महिला सदस्यले उत्पीडनको आरोप लगाएकी हुन् । रिपोर्टका अनुसार विजय मध्य प्रदेशको बालाघाटमा शेरनीको सुटिङ गरिरहेका थिए, त्यहाँबाट युनिट विदर्भ इलाकामा गोडिंयामा सुटका लागि गयो । त्यहाँ सबैजना एउटै होटलमा बसेका थिए । आरोपका अनुसार ती सदस्यले उनीमाथि त्यहिँ छेडछाडको आरोप लगाएकी हुन् ।

रिपोर्टमा दाबी गरिए अनुसार विजय राजमाथि आरोप लागेपछि फिल्मको सुटिङ रोकिएको छ । शेरनीलाई अमित मासूरकरले निर्देशन गरिरहेका छन् । फिल्ममा विद्या बालनको मुख्य भूमिका छ ।

५७ वर्षका विजय राज बलिउडका उत्कृष्ट अभिनेतामा पर्छन् । उनले धमाल, वेलकम, दीवाने हुए पागल, रघु रोमियो, मुम्बई एक्सप्रेसजस्ता फिल्ममा अभिनय गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप