बाइडनले ट्रम्पको नाम नलिई साँधे निशाना
जो बाइडनले आफू आफूलाई भोट दिनेको मात्रै नभई सबै अमेरिकी नागरिकको राष्ट्रपति हुने बताएका छन् । जो बाइडनले यस्तो भनेर चुनावपछिको विवादको आशंकालाई कम गर्ने कोसिस गरेका छन् ।
बाइडनले आफ्नो जीतको घोषणा गरेका छैनन् तर जब सबै भोटको गन्ती हुन्छ तब जीत उनकै हुने उनले विश्वास भने व्यक्त गरेका छन् ।
मिशिगनको नतिजा पनि बाइडनकै पक्षमा भएको बताइँदैछ । समाचार एजेन्सी एपीले मिशिगनमा बाइडनको जीत भएको बताएको छ । बाइडनलाई २७० इलेक्टोरल भोट चाहिन्छ र मिशिगनपछि उनी लक्ष्यको नजिक पुगेको देखिएका छन् ।
बाइडनले आफ्नो भाषणमा ट्रम्पको नाम नलिई निशाना साँधेका छन् । बाइडनले भने, ‘कसैले सत्ता हत्याउन सक्दैन, सत्ता त जनताले सुम्पिन्छ ।’
बाइडनले आफ्नो भाषणमा एकताको कुरा गरेका छन् । बाइडनलाई थाहा छ कि राष्ट्रपति बनेपछि पनि अत्यधिक चुनौती छन् । यति नजिकको नतिजाबाट स्पष्ट हुन्छ कि दुबै नेताको पक्षमा विभाजन निकै तगडा छ । अहिले नै नतिजा आइसकेको त छैन तर शेयर बजारमा भारी उछाल आएको छ । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण