बाइडनले ट्रम्पको नाम नलिई साँधे निशाना

जो बाइडनले आफू आफूलाई भोट दिनेको मात्रै नभई सबै अमेरिकी नागरिकको राष्ट्रपति हुने बताएका छन् । जो बाइडनले यस्तो भनेर चुनावपछिको विवादको आशंकालाई कम गर्ने कोसिस गरेका छन् ।
बाइडनले आफ्नो जीतको घोषणा गरेका छैनन् तर जब सबै भोटको गन्ती हुन्छ तब जीत उनकै हुने उनले विश्वास भने व्यक्त गरेका छन् ।
मिशिगनको नतिजा पनि बाइडनकै पक्षमा भएको बताइँदैछ । समाचार एजेन्सी एपीले मिशिगनमा बाइडनको जीत भएको बताएको छ । बाइडनलाई २७० इलेक्टोरल भोट चाहिन्छ र मिशिगनपछि उनी लक्ष्यको नजिक पुगेको देखिएका छन् ।
बाइडनले आफ्नो भाषणमा ट्रम्पको नाम नलिई निशाना साँधेका छन् । बाइडनले भने, ‘कसैले सत्ता हत्याउन सक्दैन, सत्ता त जनताले सुम्पिन्छ ।’
बाइडनले आफ्नो भाषणमा एकताको कुरा गरेका छन् । बाइडनलाई थाहा छ कि राष्ट्रपति बनेपछि पनि अत्यधिक चुनौती छन् । यति नजिकको नतिजाबाट स्पष्ट हुन्छ कि दुबै नेताको पक्षमा विभाजन निकै तगडा छ । अहिले नै नतिजा आइसकेको त छैन तर शेयर बजारमा भारी उछाल आएको छ । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलको नीति तथा कार्यक्रम : सीप तथा रोजगारमा विशेष जोड
-
पेवेल नेपाल र सजिलो पे पेमेन्टको लाइसेन्स खारेज
-
इजरायलबाट नेपाली फर्काउन के गर्दै छ परराष्ट्र मन्त्रालय ?
-
लागुपदार्थ सेवन गरेर सवारी चलाएको आरोपमा बल्खुबाट ८ जना पक्राउ
-
भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन : सांसद घिमिरे
-
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि राहुललाई, भुवन दुइ स्ट्रोकले पराजित