पेरिस सम्झौताबाट अमेरिका बाहिरिएकोमा राष्ट्रसंघद्वारा दुःख व्यक्त
एजेन्सी । संयुक्त राज्य अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिएकोका संयुक्त राष्ट्रसंघले दुःख व्यक्त गरेको छ । चिली, फ्रान्स, इटाली, संयुक्त अधिराज्यलगायतका देशहरुले पनि उक्त सम्झौताबाट बाहिरिएकोमा दुःख व्यक्त गरेका छन् ।
अमेरिका बुधबार सो सम्झौताबाट बाहिरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका थिए । अमेरिकाले गत वर्षदेखि उक्त सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेको थियो र सो अभियानबाट बुधबार औपचारिक रुपमा बाहिरिएको हो ।
उक्त सम्झौताबाट बाहिरिने निर्णय अमेरिकाको ट्रम्प प्रशासनले सन् २०१९ को नोभेम्बार ५ गरेको थियो र सोही बमोजिम नै बुधबार बाहिरिएको हो । सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले विश्वका शक्ति राष्ट्रहरुसँगै अमेरिकाले पनि सम्झौता गरेको थियो ।
विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने सम्बन्धी सो सम्झौताबाट बाहिरिएकोमा राष्ट्रसंघले दुःख व्यक्त गरेको बताइएको छ । यसअघि पनि सन् २०१५ देखि नै अमेरिकाको यो निर्णयको विश्वका प्राय देशहरुले विरोध गरेका थिए । तर पनि ट्रम्प प्रशासनले सो सम्झौताबाट अमेरिका बाहिरिने अडान लिएको थियो ।
उक्त सम्झौताबाट नहट्न अमेरिकालाई विश्वका नेताहरुले आग्रह गरेको भए पनि नमानेको र अन्ततः बाहिरिएको भन्दै त्यसप्रति युरोपेली देशहरुले दुःख व्यक्त गरेका हुन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण