कैलालीमा कोरोना संक्रमणका कारण ७३ वर्षीय वृद्धको मृत्यु
शुक्रबार, २१ कात्तिक २०७७, १० : ०५
कैलाली – कैलालीमा ७३ वर्षीय एक वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
कैलालीको गौरीगंगा नगरपागिका ३ का ७३ वर्षीय सो पुरुषको आज बिहान सेतीप्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
कडा निमोनियाका कारण यहि १२ गते जर्नल आईसियूमा भर्ना गरी उपचार भईरहेको र उनलाई कोरोना परिक्षण गर्दा १७ गते कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
उनलाई कोरोना पुष्टि भएपछि आईसियूमा राखेर उपचार हँुदै थियो र आज ६ बजेर ३२ मिनेटमा मृत्यु भएको उनले बताए ।
शवको ब्यबस्थापन नेपाली सेनाले गर्ने उनले बताए ।
मृतक व्यक्ति गौरीगंगानगरपालीका वडा नं ३ का वडा अध्यक्ष र नगरपालिकाका प्रवक्तासमेत रहेको गौरीगंगा नगरपालिकाका नगर प्रमुख भिम बहादुर देउवाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८७ प्रतिशत प्रगतिको दाबी गर्ने सरकारले युवालाई आत्मदाह गर्न बाध्य बनायो : खुश्बु ओली (पूर्णपाठ)
-
गृहमन्त्रीको अभिव्यक्तिमा सांसद शर्माको नियमापत्ति
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
-
आदिवासी जनजाति आयोगले राख्यो संविधानमा २५ बुँदे संशोधनको माग, गैँडालाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण