कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदै स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको छ । यसअघि सरकारले शुल्क लिएर परीक्षण र उपचार गर्ने निर्णय गरेपनि सर्वोच्च अदालतले उक्त निर्णय खारेज गर्न आदेश दिएलगत्तै मन्त्रालयले सो प्रस्ताव मन्त्रिपरिषद बैठकमा लैजाने तयारी गरेको हो ।
यसअघि सरकारले विपन्न, असहाय, अति अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिएमा मात्र परीक्षण र उपचार निर्णय गरेको थियो । अन्यले आफ्नै खर्चमा परीक्षण तथा उपचार गर्नुपर्ने मन्त्रालयले भनेको थियो ।
शुक्रबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको भर्चुअल बैठकले सरकारलाई अन्य क्षेत्रको बजेट कटौती गरेर भएपनि कोभिड–१९ को परीक्षण र उपचार निशुल्क गर्न निर्देशन दिएको छ । सरकारले तोकेको भन्दा बढी शुल्क लिएमा कारबाही गर्न र संक्रमितको उपचार गर्ने निजी अस्पतालहरुको अनुगमन गर्न समेत समितिले भनेको छ । यस्तै उपचारमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा र भत्ताका विषयमा समेत गम्भीर बन्न समितिले निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण