शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

बलिउड अभिनेता मिलिन्द सोमनविरुद्ध उजुरी, यस्तो छ आरोप

शनिबार, २२ कात्तिक २०७७, १४ : ०८
शनिबार, २२ कात्तिक २०७७

मुम्बई । बलिउड अभिनेता तथा फिटनेश प्रमोटर मिलिन्द सोमनविरुद्ध उजुरी परेको  छ । गोवामा न्युड पोज दिएर सन्ननी मच्चाएको आरोप उनीमाथि लागेको छ ।
उनले आफ्नो ५५ औँ जन्मदिनमा न्युड भएर दौडिएको एक तस्बिर शेयर गरेका थिए । मानिसहरुले उनको उक्त तस्बिरमा आपत्ति जनाएका छन् ।

सोशल मिडियामा न्युड तस्बिर शेयर गरेको आरोपमा उनी विरुद्ध आइपीसीको धारा २९४ र धारा ६७ को माध्यमबाट केस दर्ता गरिएको समाचारमा जनाइएको छ । 

यस अगाडि गोवामा अश्लिल भिडियो बनाएको आरोपमा अभिनेत्री पुनन पाण्डे पक्राउ परेकी थिइन् । उनलाई सरकारी सम्पत्तिमा अश्लील भिडियो सुट गरेका आरोप लागेको थियो । गोवा फारवर्ड पार्टीकी महिला विन्ग ने पाण्डेको विरुद्ध उजुरी गरेकी थिइन् । उजुरी पछि पक्राउ परेका पुनमलाई शुक्रबार जमानत मिलेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप