ट्रम्पले लेखे–‘यो चुनाव मैले धेरैले जितें !’
एजेन्सी । अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेन विजयी हुने पक्कापक्की भएको छ । अधिकांश सञ्चारमाध्यमहरुले उनी विजयी भइसकेको प्रोजेक्सन गरेका छन् । तर, बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प यो हार स्वीकार्न तयार छैनन् । उनले यसअघि चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका थिए ।
पेन्सिलभेनिया राज्यमा बाइडेन विजयी हुने पक्का हुनभन्दा केही समयअघि मात्रै ट्वीटरमार्फत ट्रम्पले पराजय नस्विकार्ने संकेत गरेका छन् । उनले लेखेका छन्, ‘यो चुनाव मैले धेरैले जितें !’ यसअघि ट्रम्पले चुनावमा धाँधली भएको भन्दै शृंखलावद्ध रुपमा चारवटा ट्वीट गरेका थिए । तर, ट्वीटरले उनका ट्वीट ‘भ्रामक र विवादीत हुनसक्ने’ भन्दै सावधानी सन्देश राखेर त्यसलाई रि–ट्वीट वा लाइक गर्न नमिल्ने बनाइदिएको थियो ।
ट्रम्पका शृंखलावद्ध ट्वीटहरुमा यस्तो आशय उल्लेख थियो–
निर्वाचनको दिन मंगलबार (स्थानीय समयअनुसार) राति ८ बजेपछि दशौं लाख मतहरु अवैध रुपमा प्राप्त भयो । जसकारण, पेन्सिलभेनिया र अन्य केही साँघुरो मतान्तर भएका राज्यमा नतिजाहरु पूर्णत र सहजै परिवर्तन भइरहेका छन् । अर्को कुरा, सयौं हजार मतहरुलाई अवैध रुपमा पर्यवेक्षण गर्ने अनुमति दिइएन । ती घण्टाहरुमा खराब कुराहरु भए, जहाँ वैध पारदर्शीतालाई कठोर रुपमा अनुमति दिइएन ।
बन्द गरिएका ढोका र झ्यालहरु मसिनो कार्डबोर्डले घेरिएको थियो, जसकारण मतगणना भइरहेका कोठाहरु पर्यवेक्षकहरुले हेर्न पाउँदैन थिए ।
भित्र खराब कुराहरु भए । ठूलो परिवर्तन भयो ।
यसले धेरै स्थानमा निर्वाचन नतिजा परिर्वतन गर्नसक्छ, पेन्सिलभेनियामा पनि, जहाँ सबैले निर्वाचनकै रात सहजै जितिएको सोचेका थिए, त्यहाँ केवल ठूलो अग्रता गायब भएको देखिएको छ । लामो समय कसैलाई नतिजा हेर्न नदिाँदा के भयो ?
मानिसहरु ठूलो स्वरमा ‘मतगणना बन्द गरौं’ भनिहेका थिए र हामीले पारदर्शीता माग गरेका थियौं । (वैध पर्यवेक्षकहरुलाई गणनास्थलमा जान दिइएन ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण