दक्षिण एशियाली-अफ्रिकी मुलकी कमला अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित
एजेन्सी । अफ्रिकी–दक्षिण एशियाली मुलकी कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएकी छिन् । उनी जमैकन बाबु र भारतीय मुलकी आमाकी छोरी हुन् । यसअघि १९८४ मा डेमोक्रेटिकले गिरालडिन फेरारो र २००८ मा रिपब्लिकनले सारा पोलिनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो, तर उनीहरु दुुबै पराजित भएका थिए ।
डेमोक्रेटिकबाट जो बाइेडन राष्ट्रपति र कमला उपराष्ट्रपतिका उम्मेदवार हुन् । पेन्सिलभेनियामा डेमोक्रेटिक पार्टी विजयी हुने तय भएसँगै राष्ट्रपति–उपराष्ट्रपति चयन हुनका लागि आवश्यक २ सय ७० मत उनीहरुको पक्षमा पुुग्ने पक्कापक्की भएको हो ।
क्यालिफोर्नियाकी सिनेटरको यो ऐतिहासिक विजयले अफ्रिकी–दक्षिण एशियाली समूहका दशौं लाख महिलाहरुको पनि प्रतिनिधित्व गर्नेछ, जसलाई अमेरिकामा प्राय प्रणालीगत रुपमा नजरअन्दाज र उपेक्षा गरिएको छ । उनले अब २० जनवरीबाट आफ्नो कार्यकाल सम्हाल्नेछिन् । क्यार्लिफोनियाको ओकल्यान्डमा जन्मिएकी ह्यारिसले होवार्ड विश्वविद्यालयबाट स्नातक गरेकी थिइन् । उनले क्यालिफोर्नियाको अटर्नी जनरलको पद सम्हालिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण