अमिताभलाई युजर्सले दिए जवाफ, ‘वाइयात फिल्म हेरेर तपाईंलाई सुपरस्टार बनाए’
मुम्बई – बलिउडका महानायक अमिताभ बच्चन सामाजिक सञ्जालमा निकै एक्टिभ रहने गर्दछन् । उनी फ्यानको साथ तस्बिर र भिडियो शेयर गरिरहन्छन् । हालै अभिनेताले एक तस्बिर शेयर गरेका छन् । जुन निकै भाइरल भैरहेको छ ।
तस्बिर केबीसी( कोन बनेका करोपति)को सेटमा लिइएको हो । तस्बिरमा अमिताभ सेटमा उभिएर ताली बजाईरहेका छन् । तस्बिरको क्याप्सनले फ्यानलाई निकै आकर्षित गरेको छ ।
उनले तस्बिर शेयर गर्दै लेखेका छन् ‘यो दुनियाका मानिसहरुमा फुर्सद धेरै रहेको छ ।’ तस्बिरका पछाडी अमिताभले तीन आचार्य बादक चिन्न समेत राखेका छन् । फ्यानले तस्बिरलाई निकै लाईक र कमेन्ट समेत गरिरहेका छन् ।
अमिताभको पोष्टमा एक सामाजिक प्रयोगकर्ताले लेखेका छन् ‘त्यही भएर तपाईको वाइयात फिल्म हेरेर सुपरस्टार बनाएका छन् ।’
अर्का एक युजर्सले लेखेका छन् ‘मानिसहरुसँग तीन घन्टाको समय रहेको छ । त्यसैले त तपाई जस्तो कलाकारको घर चलेको छ ।’
त्यस्तै अर्काे एक युजर्सले लेखेका छन् ‘किन आफ्नो इज्जत घटाउन लाग्नु भएको छ । जसरी तपाई हाम्रो नजरमा हिरो हुनुहुन्थ्यो । त्यति नै जिरो हुने भएको छ ।’
कामको कुरोगर्ने हो भने अमिताभ पछिल्लो समय केबीसी १२ को होस्ट गरिरहेका छन् । यसको अलवा उनी फिल्म ‘ब्राहस्त्र’मा समेत देखिदैछन् ।
फिल्म ‘चेहरे, ‘झुड’ र ‘मेडे’मा पनि उनको अभिनय रहनेछ । फिल्म ‘मेडे’मा उनी ७ बर्षपछि अजय देवगनसँग देखिन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कानुनी सुधारतर्फ बालेन सरकारले १०० दिनमा के गर्यो ?
-
दैलेख ग्यास भण्डार उपयोगबाट बिजुलीदेखि मलसम्म उत्पादन हुने
-
खानी र खनिज क्षेत्रमा सरकारको कडाइः १२५ अनुमतिपत्र रद्द, २७ सँग स्पष्टीकरण माग
-
त्रिविका ४०० प्राध्यापक कारबाहीमा, १३ करोड २६ लाख राजस्व फिर्ता
-
सुशासन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा सुधारमा सरकारका १३ उपलब्धि सार्वजनिक
-
मलाई अपमानित गर्नेहरू यही बुढाको हड्डी घोटेर मन्त्री र सांसद भए : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण