घरमा ड्रग्स भेटिएपछि बलिउड फिल्म निर्माता फिरोजकी श्रीमती पक्राउ
बलिउडमा ड्रग्सको सम्बन्धको विषयमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले ‘फिर हेरा फेरी’ र ‘वेलकम ब्याक’ जस्ता फिल्मका निर्माता फिरोज नाडियाडवालाको घरमा छापा मारेको छ । रिपोर्टलाई विश्वास गर्ने हो भने आइतबार भएको यो छापामारीमा नाडियाडवालाको घरबाट करिब १० ग्राम गाँजा र तीन मोबाइल फोन जफत गरिएको छ । दुई साक्षीको उपस्थितीमा फिरोजकी श्रीमती शबाना सईदलाई एनबीसीले पक्राउ गरेको छ ।
फिरोजलाई सोधपुछका लागि बोलाइयोः
छापामारी हुँदा फिरोज घरमा थिएनन् । एनसीबीले उनलाई सोधपुछका लागि पत्र पठाएको छ । फिरोज सोमबार पेश हुनुपर्नेछ । अनुसन्धान एजेन्सीले हिरासतमा लिइएका केही संदिग्धसँगको सोधपुछका क्रममा फिरोजको नाम सार्वजनिक भएको थियो ।
शनिबार चार स्थानमा छापामारीः
एनसीबीले शनिबार मुम्बईका चार भिन्न–भिन्न स्थानमा छापा मारेको थियो । यतिबेला गाँजा, चरेस र अन्य ड्रग्स पनि बरामद भएको थियो । शनिबार बेलुका भएको छापामारी पछि चारजनालाई हिरासतमा लिइएको थियो जोसँग हाल अनुसन्धान एजेन्सीले सोधपुछ गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण