अमेरिकामा अझै भयावह स्थिति आउनसक्ने विज्ञहरूको चेतावनी
एजेन्सी । चिसो समयमा अमेरिकामा महामारीले झनै विकराल रूप लिनसक्ने चिन्ता स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् । अमेरिकाले महामारीको सम्भावित थप विकराल अवस्थालाई सामना गर्न सक्ने चेतावनी विज्ञहरूले दिएको अमेरिकी राष्ट्रिय सञ्चारमाध्यमले समाचारमा जनाएका छन् ।
अमेरिकीहरू जाडोमा विदामा बस्ने र पारिवारिक जमगठका साथै लामो समय घरमै बस्ने गर्छन् । यस समयमा काभिड–१९ नियन्त्रणका उपायहरू अवलम्बन नभएको, जाडो बढेको र पारिवारिक जमघटका लागि टाढाटाढाबाट परिवारका सदस्यहरू घर फर्किने भएकोले सङ्क्रमण थप फैलिने खतरा रहेको विज्ञहरूलाई उद्धृत गरी अमेरिकी पत्रिका द गार्डियनले आफ्नो आइतबारको समाचारमा लेखेको छ ।
“एक शब्दमा भन्दा अमेरिकामा महामारी कम हुने आधार ‘आशा’ मात्रै हो रणनीतिक तयारी भएको पाइदैन,” जर्जीयास्थित इमोरी स्कूल अफ मेडिसिन तथा ग्राण्डी हेल्थ सिस्टमका सहायक डिन कार्लोस डेल रियोले भने ।
उनले अमेरिकामा दैनिक दुई लाख कोभिड–१९ सङ्क्रमित हुने अनुमान गर्दै यदि यो अवस्थामा पनि अमेरिकी जनस्वास्थ्य सेवा प्रणालीले धानेमा आश्चर्य नहुने बताए । “हामी अहिले महामारीको निकै खराब अवस्थाबाट गुज्रिरहेका छौँ,” ब्रोन युनिभर्सिटीका आपतकालिन सेवा प्रवाहमा खटिरहेका चिकित्सक मेगन ¥यानीले भने । उनले अमेरिकाको महामारीको अवस्था आगामी दुई महिनामा देख्न सकिन बताए ।
अमेरिकामा अहिलेसम्म ९९ लाख ४४ हजारभन्दा बढी पुगेको र दुई लाख ३७ हजार ४०० भन्दा बढी सङ्क्रमितको मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण