ट्रोलरले किसानसँग तुलना गर्दै फोटो सेयर गरेर भने, ‘अभिषेक ‘बच्चन’ नभइदिएका भए’, नायकले दिए यस्तो जवाफ
अभिषेक बच्चन यतिबेला निकै व्यस्त छन् । उनको एकपछि अर्को गर्दै फिल्म आइरहेका छन् । आजकाल उनी आफ्नो नयाँ फिल्म ‘लूडो’ को प्रोमोशनमा व्यस्त छन् । उनको यो फिल्म दिवालीको मौकामा नेटफ्लिक्समा रिलिज हुँदैछ । यी सबका बीच उनी सोशल मिडियामा निकै सक्रिय देखिएका छन् । रोचक कुरा के हो भने उनी आजकाल ट्रोलर्सलाई जवाफ फर्काउने गर्छन् । उनले एकपटक पुनः त्यस्तै गरे ।
ट्रोलरले किसानसँग गरे तुलनाः
ट्वीटरमा एक ट्रोलरले एएनआईको फोटो प्रयोग गर्दै अभिषेक बच्चनलाई ट्रोल गर्ने कोसिस गरेका थिए । यसमा एक किसान देखिएका छन् । फोटोमा देखिएका व्यक्ति कताकता अभिषेक बच्चनजस्तै देखिन्छन् पनि । ट्रोलरले फोटो सेयर गर्दै लेखे, ‘यदि अभिषेक ‘बच्चन’ नभइदिएको भए ।’
अभिषेक बच्चनले जवाफ फर्काएः
यसमा अभिषेक बच्चनले जवाफ फर्काएका छन् । उनले लेखेका छन्, ‘हाहाहा... रोचक, तर तिमीभन्दा राम्रो नै देखिएको छ ।’
अभिषेक बच्चनले ट्रोलरलाई जवाफ फर्काएको यो पहिलो घटना होइन । उनी समय–समयमा ट्रोलर्सलाई कडा जवाफ फर्काइरहेका हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण