तानसेन–रिडी सडक आजदेखि दैनिक १३ घण्टा बन्द हुने
मङ्गलबार, २५ कात्तिक २०७७, १२ : ०५
बुटवल । पाल्पा जिल्लाको बर्तुङ–रिडी तम्घास सडकमा आजदेखि दैनिक १३ घण्टा सवारी आवागनम बन्द गरिएको छ ।
सडकको हार्थोक–मालमुल–जोर्ते खण्डमा मोड सुधार तथा सडक स्तरोन्नतिका लागि सवारी आवागमन बन्द गरिएको सडक कार्यालय पाल्पाले जनाएको छ ।
सडक डिभिजन कार्यालय पाल्पाले आज (मंगलबार)देखि कार्तिक २७ गते बिहीबारसम्म र मंसिर २ देखि १३ गतेसम्म दैनिक १३ घण्टा सवारी आवागमन बन्द रहने सूचना जारी गरेको छ । सडक बन्द भएपछि तानसेनबाट गुल्मी जाने र गुल्मीबाट तानसेन–बुटवल आउने सवारी साधनहरु प्रभावित हुनेछन् ।
कार्यालयका अनुसार बिहान ३ बजेदेखि ६ बजेसम्म र बिहान ७ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ४ बजेसम्म, साँझ ७ बजेदेखि ८ बजेसम्म, साँझ ९ बजेदेखि १२ बजेसम्म सडक बन्द रहने छ ।
यी समयबाहेक अन्य समयमा भने सवारी आवागमन यथावत संचालन हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण