अक्षय कुमारसँग कहिले पनि काम गर्न सक्दैनन् शाहरुख खान, बताएका थिए यस्तो कारण
बलिउडमा तीन खानबाहेक अक्षय कुमार मात्रै एक यस्ता नायक हुन् जो उनीहरुको बराबारीमा आउँछन् । सलमान खानसँग अक्षय कुमारले थुप्रै फिल्ममा काम गरिसकेका छन् । यद्यपि, प्रशंसक लामो समयदेखि अक्षय कुमारसँग शाहरुख खानलाई पनि देख्न चाहन्छन् । यद्यपि, शाहरुख आफैं मान्छन् कि उनी सायद अक्षय कुमारसँग काम गर्न सक्दैनन् ।
शाहरुखले बताएका थिए काम गर्न नसक्नुको कारणः
एक पुरानो अन्तरवार्तामा शाहरुख खानले उनी अक्षयसँग किन काम गर्न सक्दैनन् भन्ने जानकारी दिएका थिए । शाहरुखले भनेका थिए, ‘अक्षय कुमार जसरी बिहान चाँडै उठ्छन्, म त्यसरी उठ्न सक्दिनँ । अक्षय कुमार उठ्ने बेला हुँदा म भर्खर सुतेको हुन्छु । जुन बेला अक्षय कुमारले काम सुरु गरिसकेका हुन्छन् म आफ्नो प्याकिङ गरेर घरबाट निस्कने तयारीमा हुन्छ । सायद यसैकारण हामी दुई सँगै काम गर्न मुश्किल छ ।’
यदि कसैले सँगै कास्ट गरिहाले पनि...
शाहरुखले उक्त अन्तर्वार्तामा भनेका थिए, ‘मलाई राती काम गर्न मनपर्छ र धेरैजसो कलाकारलाई यसो गर्न मन पर्दैन । यदि कसैले अक्षय र मलाई कास्ट गरिहाले पनि सेटमा कहिले भेट नहोला । ’
यद्यपि, शाहरुखले आफू अक्षयसँग फिल्ममा अभिनय गर्न इच्छुक भएको तर आफूहरुको समयमा नमिल्ने उनले बताए ।
एकपटक सँगै देखिएका थिए शाहरुख र अक्षयः
शाहरुख र अक्षय एकपटक सँगै देखिएका थिए । सुपरहिट फिल्म ‘दिल तो पागल हे’ मा अक्षय कुमारले एक सानो भूमिका निभाएका थिए, सायद यो कुरा धेरैले बिर्सिसकेका होलान् । कामको कुरा गर्ने हो भने अक्षय कुमारको फिल्म ‘लक्ष्मी’ हालै रिलिज भएको छ जबकी शाहरुखलाई अन्तिम पटक फिल्म ‘जिरो’ मा देखिएका थिए ।
शाहरुख चाँडै नै आफ्नो अर्को फिल्म ‘पठान’ को सुटिङ गर्ने तयारीमा छन् जसमा उनीसँग दीपिका पादुकोण र जो अब्राहम मुख्य भूमिकामा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण