शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

स्टाइलिस साडीमा मलाइका, तिहारका लागि परफेक्ट लुक्स

बुधबार, २६ कात्तिक २०७७, १३ : ०३
बुधबार, २६ कात्तिक २०७७

बलिउड अभिनेत्री मलाइक अरोडा फिटनेशसँगै आफ्नो ड्रेसिङ सेन्समा चनाखो छिन् । मलाइकाको ड्रेसिङ सेन्सलाई हरेक युवतीले मन पराउँछन् । 
खासगरी चाडपाडको सिजनमा स्टाइलिस र ग्ल्यामरस लुक्सका लागि मलाइकाको फेसन टिप्स फलो गर्न सकिन्छ । 

प्राय वस्टर्न लुकमा देखिए मलाइका अरोडा परम्परागत पोशाकलाई पनि उत्तिकै शान्दार तरिकाले क्यारी गर्छिन् । 
सामाजिक सञ्जालमा मालाइका अरोडाको सारी लुक भाइरल भइरहेको छ । दिपावलीका अवसरमा मलाइका यो लुक्समा देखिएकी हुन् । मलाइका अरोडले डिजाइनर मनिष मल्होत्राको सिफन फ्याब्रिक र बेज ओम्ब्रे सिक्वेन साडी लगाएकी छिन् ।

त्यस्तै, सिल्क फ्याब्रिकमा गोल्ड एन्ड बेज ब्राउन ब्लाउजले साडीको सुन्दरता बढाएको छ । आजकल सिक्वेन सारीको ट्रेन्ड चलिरहेको छ र तिहारको पार्टीका लागि यो निकै परफेक्ट छ । 
स्टालिस साडीसँगै मलाइकाले मुुव लिपिस्टिक लगाएकी छिन् । ग्लिटरी आईस्याडो र वेवी हेयरस्टाइलमा उनी निकै सुन्दर देखिन्छिन् । उनले गहनाहरु भने निकै कम लगाएकी छिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप