जो बाइडेनले भने, ‘ट्रम्पले हार अस्विकार गर्नु लज्जास्पद’
अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपति डोनल्ड ट्रम्पले गत हप्ता भएको राष्ट्रपति चुनावमा हार स्विकार नगर्नु लज्जास्पद भएको बताएका छन् ।
यद्यपि, बाइडेनले सत्ता परिवर्तनलाई कसैले पनि रोक्न नसक्ने कुरामा जोड दिएका छन् ।
यसैबीच डोनल्ड ट्रम्पले पुनः ट्वीट गर्दै अन्त्यमा आफ्नै जीत हुने दाबी गरेका छन् ।
ट्रम्पले मंगलबार थुप्रै ट्वीट गरेर मतदानमा गडबडी भएको बताउँदै लेखे, ‘हामी जित्नेछौं ।’
यद्यपि, उनको ट्वीटलाई पुनः ट्वीटरले विवादास्पद बताएको छ । ट्रम्पले पहिले पनि बाइडेनको जीत चुनावी भ्रष्टाचारले भएको बताएका छन् । यद्यपि, उनले यसको कुनै प्रमाण दिएका छैनन् ।
वास्तवमा अमेरिकामा हरेक चार वर्षमा हुने राष्ट्रपति चुनावमा मिडियाले उम्मेद्वारर्ला सिधै जितेको नभनी उनले जित्ने अनुमान गरिएको भन्दै समाचार प्रकाशित गर्छन् ।
यस्तो औपचारिक कारणले पनि हुन्छ । अमेरिकामा अहिलेसम्म कुनै पनि राज्यमा परिणाम घोषणा गरिएको छैन ।
अहिले पनि कुनै स्थानमा मतगणना चलिरहेको छ र यसको अन्तिम नतिजा डिसेम्बर १४ मा अमेरिकी इलेक्टोरल कलेजको बैठक भएपछि प्रकाशित हुनेछ ।
जो बाइडेनले के भने ?
जो बाइडेनलाई मंगलबार एक पत्रकारले उनलाई ‘राष्ट्रपति ट्रम्पले हार स्विकार नगरेकोमा तपाईं के सोच्नुहुन्छ’ भनेर प्रश्न सोधे ।
यसको जवाफमा बाइडेनले भने, ‘साँच्चै भन्ने हो भने मलाई लाग्छ कि यो लज्जाको कुरा हो ।’
उनले भने, ‘एकमात्र कुरा जो निश्चित छ, र म यसलाई कसरी भनूँ, त्यो यो हो कि मलाई लाग्दैन कि यसो गर्दा राष्ट्रपति पदको विरासतमा मद्दत मिल्छ ।’
बाइडेनले आफ्नो कुरालाई बिट मार्दै भने, ‘यी सबै २० जनवरीमा बन्द हुनेछ ।’
उनले यसो भनेर त्यो मितिको कुरा गरिरहेका थिए जुन दिन अमेरिकामा निर्वाचित राष्ट्रपतिलाई शपथ खुवाइन्छ ।
यसैबीच जो बाइडेनले सत्ता हातमा लिने तयारी सुरु गरिसकेका छन् र उनी विदेशी नेतासँग फोन सम्पर्कमा पनि लागीपरेका छन् ।
यसबारे उनले भने, ‘म उहाँहरुलाई बताइरहेको छु कि अमेरिका फिर्ता भएको छ । हामी खेलमा फिर्ता भइरहेका छौं । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण