रमाइलो चाड तिहार
अत्यन्त हर्षित हुन्छ सम्पूर्ण संसार
आयो है साथीहरु! चाड तिहार
पाँच दिनसम्म मनाइन्छ यो पर्व
ठूलाबाट टीका लगाई हुन्छ गर्व
झिलिमिली बत्तीहरुले सिँगारिन्छ घर
चम्किलो देखिन्छ हरेक सहर
पहिलो दिन हामी कागको पूजा गर्छौँ
दोस्रो दिन कुकुरलाई माला लगाउँछौँ
तेस्रो दिन गर्छौँ हामी गाईको सम्मान
देउसी भैलो खेल्दै खान्छौँ थुप्रै मिष्ठान
सप्तरङ्गी टिकाले रङ्गीन्छ दाजुभाइको निधार
दाजुभाइबाट दिदीबहिनीले पाउँछन् उपहार
दियोसँगै उज्ज्वल भविष्यको गरौँ कामना
मखमलीको फूलमा गरौँ दीर्घायूको प्राथना
लक्ष्मी माताको भावपूर्ण गरौँ आरधना
२०७७ तिहार पर्वको सबैलाई शुभकामना
नामः सिद्धान्त यादव
कक्षाः ६
बूढानीलकण्ठ स्कुल, काठमाडौँ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण