कस्तो रहला आगामी तीन दिनको मौसम ?
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशभर उल्लेखनीय मौसमी प्रणाली छैन ।
महाशाखाले हालको मौसमको अवस्थाबारे जानकारी दिँदै प्रदेश न १ र गण्डकी प्रदेशका उच्च पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
बिहीबार दिउँसो प्रदेश न १, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
बिहीबार राति प्रदेश न १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
यसैगरी, शुक्रबार दिउँसो प्रदेश न १, वागमती, गण्डकी र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
शुक्रबार राति, प्रदेश न १ र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, शनिबार दिउँसोको मौसमको अवस्था प्रदेश न १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै, राति कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य वदली तथा गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली र सुदूर र पश्चिम प्रदेशका एक दुइ स्थानमा फाटफुट/हल्का बर्षाको सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण