सिंगल्स डेः चिनियाँले १०० अर्ब डलरभन्दा बढीको सामान खरिद गरे
हङकङ । यसवर्ष सन् २०२० को “सिंगल्स डे” सपिङ मेलाका अवसरमा चिनियाँ उपभोक्ताले १०० अर्ब डलरभन्दा बढीको सामान खरिद गरेका छन् । कोरोनाभाइरस महामारीका कारण संकट झेलिरहेको चिनियाँ अर्थतन्त्रमा सुधार आएको संकेत पनि यस खरिदले देखाएको अनुमान गरिएको छ ।
गत नोभेम्बर १ देखि ११ दिनसम्म भएको यस मेलामा टाओबाओ र टीमलबाट ७५ अर्ब डलर बराबरको सामान बिक्री भएको छ । यी दुबै इकमर्श प्लेटफर्महरु चीनको सबैभन्दा ठूलो इकमर्श कम्पनी अलिबाबाले सञ्चालन गरेको हो ।
पछिल्लो २४ घण्टामा मात्र ३८ अर्ब ४० करोड डलर बराबरको सामान बिक्री भएको अलिबाबाले जनाएको छ ।
अर्को प्रतिस्पर्धी चिनियाँ कम्पनी जेडी डट कमले पनि ४० अर्ब ९० करोड डलर बराबरको सामान बिक्री गरेको छ । विश्वमै सबैभन्दा ठूलो सपिङ मेला ठानिएको चिनियाँ सिंगल्स डे मेला पछिल्ला वर्षहरुमा निकै लोकप्रिय भइरहेको छ । यस मेलामा उपभोक्ताले विभिन्न किसिमका सामानमा भारी छुट पाउने गर्दछन् जसमा सामान्य घरायासी सामानदेखि बहुमूल्य वस्तु पनि राखिएका हुन्छन् ।
यस मेलामा साना खुद्रा पसलेदेखि ठूला र विश्व प्रसिद्ध ब्रान्डका सामान पाइन्छन् । एप्पल, नाइक र लोरियल समेतका लोकप्रिय ब्रान्डका सामान पनि अनलाइनमा सस्तोमा र भारी छुटमा पाइने गर्दछ । यस प्रकारको मेला सन् २००९ देखि शुरु भएको हो । अमेरिकामा संचालित ब्लाक फ्राइडे र साइबर मन्डे मेला झैं सिंगल्स डे चीनमा लोकप्रिय छ । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण