यस्तो छ काठमाडौं उपत्यकाका ३ जिल्लाको कोरोना संक्रमणको पछिल्लो अवस्था
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् । ४२८ महिला र ५ सय ४५ पुरुषसहित ९ सय ७३ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा अहिले संक्रिय संक्रमितको संख्या १७ हजार ४५ रहेको छ भने निको हुनेहरुको संख्या ५८७४६ पुगेको छ ।
काठमाडौंमा अहिलेसम्म २ सय ९३ जनाको संक्रमणबाट मृत्यु भएको छ भने अहिलेसम्म ७६ हजार ८४ जना संक्रमित भएका छन् । त्यस्तै भक्तपुरमा अहिलसम्म सक्रिय संक्रमितको संख्या १२९२ पुगेको छ भने ७५ जनाको मृत्यु भएको छ ।
भक्तपुरमा निको भएर घर फर्किनेहरुको संख्या ५ हजार ४८१ रहेको छ भने अहिलेसम्म ६ हजार ८ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ललितपुरमा अहिलेसम्म १० हजार ८ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ८ हजार २ सय ८६ जना निको भएर घर फर्किसकेको छन् भने ७९ जनाको मृत्यु भएको छ । ललितपुरमा सक्रिय संक्रमितको संख्या अहिले २५ सय १२ रहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण