तिहारलाई तयार भयो सयपत्री फूल, किसानलाई चटारो (फोटोफिचर)

काठमाडौं । तिहारको व्यस्तताले हिन्दू धर्मावलम्बीहरुलाई छपक्कै छोपिसकेको छ । यतिबेला काठमाडौंको नागार्जुन नगरपालिकास्थित इचंगुनारायणका किसानलाई भने ढकमक्क फूलेको सयपत्री फूल टिप्न भ्याइनभ्याइ छ । सो स्थानका किसानहरुले व्यावसायिक रुपमा फूल खेती गर्दै आएका छन् ।
तिहारलाई फूलैफूलको पर्वका रुपमासमेत चिनिन्छ । खासगरी यमपञ्चकका पाँचै दिन फूल प्रयोग हुन्छ । काग तिहार, कुकुर तिहार, गाई तिहार तथा लक्ष्मीपूजा, गोरु तिहार र भाइटीकामा फूलको माला प्रयोग हुन्छ ।
तिहारमा सयपत्री र मखमली फूलको खपत बढी हुने गर्दछ । यी दुवै फूल मालाका लागि प्रयोग गरिन्छ ।
इचंगुनारायणसहित काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तिहारलाई लक्षित गरी फूल खेती गरिन्छ । केही दिनदेखि किसानलाई फूल टिप्न भ्याइ–नभ्याइ हुने गरेको छ ।
थोरै मेहनतले धेरै मुनाफा हुने भएपछि कयौँ किसानले व्यावसायिक फूल खेती थालेका हुन् । केही वर्षअघिसम्म विदेशी फूलको बिगबिगी रहने नेपाली बजारमा पछिल्लो समय स्वदेशी उत्पादनले पनि ठुलो हिस्सा ओगट्न थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै हो: प्रचण्ड
-
सगरमाथा संवादमा इलामे चियाको स्वाद
-
लमजुङमा तरुण दलका कार्यकर्तामाथि खुकुरी प्रहार गर्नेहरू पक्राउ परेनन्
-
मस्को मेट्रोले आफ्नो ९० औं वार्षिकोत्सव मनायो
-
वीरेन्द्रनगर सुविधा सम्पन्न बनिसक्दा लगाम, बेतान अझै दुर्गम
-
सञ्चारमन्त्री तथा एमाले उपमहासचिव गुरुङ सम्मानित