तिहारलाई तयार भयो सयपत्री फूल, किसानलाई चटारो (फोटोफिचर)
काठमाडौं । तिहारको व्यस्तताले हिन्दू धर्मावलम्बीहरुलाई छपक्कै छोपिसकेको छ । यतिबेला काठमाडौंको नागार्जुन नगरपालिकास्थित इचंगुनारायणका किसानलाई भने ढकमक्क फूलेको सयपत्री फूल टिप्न भ्याइनभ्याइ छ । सो स्थानका किसानहरुले व्यावसायिक रुपमा फूल खेती गर्दै आएका छन् ।
तिहारलाई फूलैफूलको पर्वका रुपमासमेत चिनिन्छ । खासगरी यमपञ्चकका पाँचै दिन फूल प्रयोग हुन्छ । काग तिहार, कुकुर तिहार, गाई तिहार तथा लक्ष्मीपूजा, गोरु तिहार र भाइटीकामा फूलको माला प्रयोग हुन्छ ।
तिहारमा सयपत्री र मखमली फूलको खपत बढी हुने गर्दछ । यी दुवै फूल मालाका लागि प्रयोग गरिन्छ ।
इचंगुनारायणसहित काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तिहारलाई लक्षित गरी फूल खेती गरिन्छ । केही दिनदेखि किसानलाई फूल टिप्न भ्याइ–नभ्याइ हुने गरेको छ ।
थोरै मेहनतले धेरै मुनाफा हुने भएपछि कयौँ किसानले व्यावसायिक फूल खेती थालेका हुन् । केही वर्षअघिसम्म विदेशी फूलको बिगबिगी रहने नेपाली बजारमा पछिल्लो समय स्वदेशी उत्पादनले पनि ठुलो हिस्सा ओगट्न थालेको छ ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण