चिसोमा बिरामी हुनबाट बचाउने खानेकुरा
एजेन्सी – नेपालका उत्तरी क्षेत्रमा यतिबेला चिसो ह्वात्तै बढेको छ । चिसो मौसम बढेसँगै चिसोको कारण बिरामी हुनेको संख्या पनि बढ्छ । त्यसैले शरीरलाई तातो राख्न अत्यन्त जरुरी छ ।
चिसो मौसममा शरीरको ख्याल राखेमा चिसो, खोकी, रुघाखोकी र ज्वरो जस्ता समस्या हुने सम्भावना कम हुन्छ । साथै, अहिलेको कोरोना भाइरसको संक्रमण समेत फैलिएको अवस्थामा चिसोमा झनै यसको असर बढ्न सक्ने भएकाले चिसो हुन नदिन खानामा थप चिजहरु सामेल गर्नुपर्छ ।
लसुन
लसुन खानामा स्वाद बढाउनका लागि प्रयोग गर्ने गरिन्छ । लसुनमा भारी मात्रामा औषधिय गुण हुन्छ । बिहान सबेरै उठेर लसुनको एक केस्रा खाने गर्दा चिसो लाग्ने, रुघाखोकी लाग्ने र अन्य फ्लु लाग्ने समस्याबाट बचाउँछ । त्यस्तै, लसुनलाई दूधमा उमालेर पिउँदा बच्चाको स्वास्थलाई स्वस्थ्य राख्छ । लसुनमा भारी मात्रामा प्राटिन, भिटामिन र फस्फोरस पाइन्छ ।
अदुवा र मह
जाडोमा अदुवा र महको पेस्ट बरदान स्वरुप मानिन्छ । एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाएर सेवन गर्दा रुघाखोकी कम हून्छ । अदुवाको प्रयोग चियामा पनि गर्न सकिन्छ । साथै, महमा कागतीको रस मिसाएर सेवन गर्दा घाँटीको दुखाई कम हुन्छ ।
हरियो सागसब्जी
चिसोमा हरियो सागसब्जीले स्वास्थ्यलाई निकै फाइदाजनक हुन्छ । पालक, मेथी, बेथे, तोरीको साग जस्ता सागपातहरुले शरीरलाई आवश्यक तातोपन दिन्छ ।
प्याज र मह
प्याजमा एन्टिमाइक्रोबियल र एक्सपेक्टोर्याट्स जस्ता गुण पाइन्छ । एउटा सिसाको भाँडोमा प्याज काटेर महमा राख्नुहोस् । र बिहानै उठेर खाली पेटमा खाने गर्नुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण