चन्द्रागिरीबाट ४ जना जुवाडे पक्राउ
मङ्गलबार, ०२ मङ्सिर २०७७, १५ : ०३
काठमाडौँ । काठमाडौँको चन्द्रागिरीबाट चार जना जुवाडे नगदसहित पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–५, दूरसञ्चारस्थित एक ग्यारेजमा जुवा खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्रेको हो । जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ग्यारेजमा गएको टोलीले चार जनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) घनश्याम श्रेष्ठले बताए ।
डीएसपी श्रेष्ठका अनुसार पक्राउ पर्नेहरुमा सोलुखुम्बु घर भइ गोकर्णेश्वर बस्ने कृष्ण परियार, धादिङ घर भइ चन्द्रागिरि बस्ने रत्नबहादुर तामाङ, प्रेमबहादुर तामाङ र चन्द्रागिरि–१५ का निरनकुमार प्रधान छन् । उनीहरुको साथबाट २ लाख ४७ हजार ८ सय ५० रुपैयाँ बरामद भएको डएिसपी श्रेष्ठले बताए । पक्राउ परेका उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण