घोराहीबाट २ लाख ६८ हजार नगदसहित ७ जुवाडे पक्राउ
बुधबार, ०३ मङ्सिर २०७७, १७ : ४१
काठमाडौं । प्रहरीले दाङको घोराहीबाट २ लाख ६८ हजार नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ । वुधवार बिहान ३ बजे घोराही उप–महागनरपालिका–१६ मुनाटोलका पूर्णराज भण्डारी उर्फ गोपालको घरमा छापा मारेर नगदसहित जुवा खेल्नेहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा घोराही–१६ बस्ने तेजप्रसाद गिरी, डम्बर डिसी, प्रेमराज भण्डारीउर्फ शिवराज र २८ वर्षीय विवेक भण्डारी छन् । त्यस्तै, घोराही १७ का ३४ बर्षीय किशोर बुढा मगर र २७ बर्षीय अजय भुसाल पनि जुवाको खालबाट पक्राउ परेका छन् ।
भण्डारीको घरमा जुवा खेलिरहेको सुराकको आधारमा प्रहरीले छापा मारेको थियो । जुवा खेल्नेहरुको साथबाट ६ गड्डी तास बरामद गरिएको छ । पक्राउ गरिएकालाई प्रहरीले जुवा ऐनमा मुद्दा चलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण