२५ वटा ट्राफिक नियम समेटिएको ट्राफिक नृत्यः आजदेखि सामाजिक सञ्जालमा
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थालाई थप सुरक्षित, व्यवस्थित एव प्रभावकारी बनाउनको लागि विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ । महाशाखाले बेला–बेलामा जनचेतनामुलक कार्यक्रमहरुमार्फत ट्राफिक नियम र सडक सुरक्षा सम्बन्धि शिक्षालाई व्यापक बनाउँदै ट्राफिक व्यवस्थापनमा सुधार समेत गर्दै आइरहेको छ ।
पछिल्लो समय ट्राफिक महाशाखाले गीत संगीतको माध्यमबाट ट्राफिक नियम सिकाउँदै आएको छ । यसलाई थप प्रभावकारी बनाउन ट्राफिक प्रहरीले नृत्य गरेको भिडियो तयार गरेको छ । गीत संगितका माध्यमबाट ट्राफिक नियम सिकाउँदा आम सडक प्रयोगकर्ताले सरल रुपमा सम्झिने, ग्रहण गर्ने र सजिलै पालना गर्ने हुनाले महाशाखाले व्यवहारिक रुपमा प्रयोग हुने २५ वटा ट्राफिक नियम समेटिएको ट्राफिक नृत्य भिडियो रिलिज गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए ।
यस गीतमा ट्राफिक संकेतको पालना गर्न, मादक पदार्थ सेवन गरि सवारी नचलाउन, हेल्मेट र सिट बेल्टको प्रयोग गर्न, लेन अनुशासनको पालना गर्न, जथाभावी ओभरटेक नगर्न, जेब्रा क्रसिङ्ग र आकाशेपुलको प्रयोग लगायतका ट्राफिक नियम समेटिएका छन् ।
गीतमा सरोज ओली र एलिना चौहानको स्वर, नृत्य कोरियोग्राफर मनराम केसी र निर्देशन तथा छायाङ्कन प्रकाश भट्ट, सम्पादन बिष्णु शर्मा र संयोजन विनोद केसीले गरेका छन् । आजैदेखि यस जनचेतनामुलक ट्राफिक गीतलाई मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको यूट्युब च्यानललगायत अन्य सामाजिक सञ्जालबाट रिलिज गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका स्पामा छापा, ६ बालिकाको उद्धार
-
सचिन तेन्दुलकरको घरमा तैनाथ सुरक्षाकर्मीले गरे आत्महत्या
-
कर्णालीमा जेठ ११ गते बोलाइयो बजेट अधिवेशन
-
एमालेको भागमा अर्थसहित ५ र माओवादीलाई भौतिकसहित तीन मन्त्रालय
-
यान्त्रिक अवस्था ठिक नभएका सवारी साधन चलाउने ५३ जना चालकलाई कारबाही
-
पेरिस ओलम्पिकका लागि स्यान्टु छनोट