२५ वटा ट्राफिक नियम समेटिएको ट्राफिक नृत्यः आजदेखि सामाजिक सञ्जालमा
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थालाई थप सुरक्षित, व्यवस्थित एव प्रभावकारी बनाउनको लागि विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ । महाशाखाले बेला–बेलामा जनचेतनामुलक कार्यक्रमहरुमार्फत ट्राफिक नियम र सडक सुरक्षा सम्बन्धि शिक्षालाई व्यापक बनाउँदै ट्राफिक व्यवस्थापनमा सुधार समेत गर्दै आइरहेको छ ।
पछिल्लो समय ट्राफिक महाशाखाले गीत संगीतको माध्यमबाट ट्राफिक नियम सिकाउँदै आएको छ । यसलाई थप प्रभावकारी बनाउन ट्राफिक प्रहरीले नृत्य गरेको भिडियो तयार गरेको छ । गीत संगितका माध्यमबाट ट्राफिक नियम सिकाउँदा आम सडक प्रयोगकर्ताले सरल रुपमा सम्झिने, ग्रहण गर्ने र सजिलै पालना गर्ने हुनाले महाशाखाले व्यवहारिक रुपमा प्रयोग हुने २५ वटा ट्राफिक नियम समेटिएको ट्राफिक नृत्य भिडियो रिलिज गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए ।
यस गीतमा ट्राफिक संकेतको पालना गर्न, मादक पदार्थ सेवन गरि सवारी नचलाउन, हेल्मेट र सिट बेल्टको प्रयोग गर्न, लेन अनुशासनको पालना गर्न, जथाभावी ओभरटेक नगर्न, जेब्रा क्रसिङ्ग र आकाशेपुलको प्रयोग लगायतका ट्राफिक नियम समेटिएका छन् ।
गीतमा सरोज ओली र एलिना चौहानको स्वर, नृत्य कोरियोग्राफर मनराम केसी र निर्देशन तथा छायाङ्कन प्रकाश भट्ट, सम्पादन बिष्णु शर्मा र संयोजन विनोद केसीले गरेका छन् । आजैदेखि यस जनचेतनामुलक ट्राफिक गीतलाई मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको यूट्युब च्यानललगायत अन्य सामाजिक सञ्जालबाट रिलिज गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण