अभिनेताकी पत्नीको कारण फिल्मबाट निकालिएको तापसीको खुलासा
शनिबार, ०६ मङ्सिर २०७७, ११ : १८
एजेन्सी – बलिउड अभिनेत्री तापसी पन्नुले बलिउड फिल्म उद्योगमा आफ्नो संघर्षको दिनहरुको बारेमा खुलासा गरेकी छिन् ।
उनलाई फिल्ममा अभिनेताकी पत्नीका कारण खेल्न दिइएको थिएन । अभिनेताकी पत्नीले फिल्ममा तापसीलाई राख्न नमानेपछि उनलाई फिल्मबाट हटाइएको थियो ।
तापसीले एक पटक फिल्म डभिङ गरिरहेकी थिइन् । फिल्म डभिङको क्रममा अभिनेतालाई फिल्मको डाइलग मन परेन । अभिनेताले डाइलग परिवर्तन गर्न आग्रह गरे । तर तापसीले नमानेपछि उनको डाइलग डब गरेर उनलाई हटाइयो ।
तापसीले पिंक, मुल्क, थप्पड जस्ता सुपरहिट फिल्ममा समेत काम गरेकी छिन् । एकपटक अभिनेताले फिल्ममा इन्ट्रोडक्सन सीन परिवर्तन गर्न समेत लगाएको तापसीले खुलासा गरेकी छिन् । उनका अनुसार अभिनेताले उनको इन्ट्रोडक्सन पार्ट अभिनेताभन्दा राम्रो भएकाले अभिनेताले उक्त सीन परिवर्तन गर्न लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण